"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बाजुरामा रोकिएको मतगणना फेरि सुरु

प्रकाशित मिति :  १६ मंसिर २०७९, शुक्रबार १७:५६


बाजुरा । बाजुरामा रोकिएको मतगणना अहिले सुरु भएको छ । हिमाली गाउँपालिकाका चार वटा मतदान केन्द्रका मतगणना गर्ने क्रममा मतदान अधिकृतले उठाएको मुचुल्कामा भन्दा ३० मतपत्र बढी भेटिएपछि विवाद भउर गणना रोकिएको थियो ।

मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले मुचुल्काअनुसार दुई हजार ३१२ मतपत्र हुनुपर्नेमा गणनाका क्रममा दुई हजार ३४२ मतपत्र भेटिएपछि दलका प्रतिनिधिको आग्रहमा गणना रोकेको जानकारी दिए ।

मतगणना रोकेर भएको छलफलमा बाकसमा भेटिएका सबै मत गन्ने सहमति भएपछि मतगणना सुरु भएको हो ।

पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभातर्फको सात हजार ५१० मतको गणना सकिदा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता लिइरहेका छन् । पाण्डेले ४ हजार २१४ मतसहित अग्रता लिंदा नेकपा एमालेका कर्णबहादुर थापाले ३ हजार ६६ मतसहित उनलाई पछ्याइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सिराहा कर्जन्हाका तत्कालीन नगरप्रमुख गङ्गा पासमानसहित पाँच जनाविरुद्ध एक करोड आठ लाख रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । 

काठमाडौं । सरकारले २२ वटा विभिन्न निर्माण र आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले सार्वजनिक

काठमाडौं । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा. सुनिल कुमार यादवसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । वैदेशिक रोजगार कार्यालय ताहाचल अब दैनिक तीन सिफ्टमा सञ्चालन हुने भएको छ। श्रम स्वीकृतिमा ढिलाइ नगर्न श्रम,रोजगार तथा सामाजिक