"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अर्थतन्त्रमा संकट छैन, चुनौतीको सामना चाहि गनुपर्छ : अर्थमन्त्री

प्रकाशित मिति :  १५ मंसिर २०७९, बिहीबार १३:५४


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । अहिले केही चुनौतीको सामना अर्थतन्त्रले गरिरहेको भन्दै उनले यसलाई संकट भन्न नमिल्ने तर्क गरे ।

बिहीबार आर्थिक पत्रकार समाज सेजनको २६औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै शर्माले भने, ‘अर्थतन्त्र सङ्कटमा छ भन्नु नबुझ्ने कुरा हो, चुनौती छन्, त्यसको सामना गर्ने उपाय खोज्नु पर्छ ।’ आर्थिक सूचकांकले समेत यस्तै संकेत गर्ने उनको भनाइ छ ।

मुलुकको अर्थतन्त्रको विशेषतालाई बुझ्न समेत उनले आग्रह गरे । नेपालको अर्थतन्त्र ह्वात्तै घट्ने र सिधै माथि जाने अवस्था नरहेको उनले बताए । यद्यपि राजस्व संकुचन र उत्पादन वृद्धि हुन नसकेको उनले स्वीकार गरे ।

नेपालको अर्थतन्त्रकोभविष्य उज्ज्वल रहेको भन्दै उनले अब नेपालले क्षमता वृद्धिमा ध्यान दिनुपर्ने बताए । अब बन्ने सरकारले संस्थागत समृद्गिमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

उनले नयाँ निर्वाचनले दलहरुलाई आफ्नो विगतको कामको समीक्षा गर्ने अवसर दियको समेत बताए ।

‘अर्थतन्त्र संकटमा छ भन्नु बुझाइमा कमजोरी हो,’ उनले भने, ‘यद्यपि, केही चुनौती छन्। त्यसका लागि निजी क्षेत्रसँगको सहकार्यमा समस्या समाधान गर्नुपर्छ।’

अर्थमन्त्री शर्माले अर्थतन्त्रका सूचकांक राम्रो हुँदै गएको स्पष्ट पारे। पछिल्लो समय विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढ्दै गएकाले अर्थतन्त्र सुधार भइरहेको उनको तर्क छ। ‘हाम्रो मिश्रित अर्थतन्त्र भएकाले एकैपटक संकटमा पुग्ने र उचाइमा पुग्ने हुँदैन,’ उनले भने, ‘जे–जति चुनौती छन्, त्यसका लागि निजी क्षेत्रको सहकार्य आवश्यक छ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेटमा समेट्नु पर्ने विषयबारे अर्थविद्हरूसँग राय लिएका छन् ।

काठमाडौँ । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका बेलामा कतार पनि पानी निर्यातको राम्रो गन्तव्य हुनसक्नेमा सरोकारवालाहरूले

काठमाडौँ  । कोरोना महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्र वर्ष २०८० मा सुधारोन्मुख रह्यो। पर्यटक आगमनमा उल्लेख्य सुधार देखियो भने पर्यटकीय

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ्ग प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म