"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निर्वाचनमा ५ प्रतिशत मत बदर

प्रकाशित मिति :  १३ मंसिर २०७९, मंगलवार १३:३७


काठमाडौँ ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सरदर ५ प्रतिशत मत बदर हुने देखिएको छ । १६५ क्षेत्रमध्ये निर्वाचन आयोगको सूचना प्रणालीमा सोमबारसम्म अद्यावधिक १५३ क्षेत्रका १ करोड ६५ लाख २३ हजार १ सय ६३ मतदातामध्ये १ करोड १ लाख ५९ हजार ५७ जना अर्थात् ६१.४८ प्रतिशतले मतदान गरेका थिए । यसमध्ये ९६ लाख ४५ हजार ७ सय ४ मत सदर भएको छ । ५ लाख १३ हजार ३ सय ५३ अर्थात् ५.०५ प्रतिशत मत बदर भएको छ । 

०७४ मा प्रत्यक्षतर्फ ५.१७ प्रतिशत मत बदर भएको थियो । यसपटक आयोगले मत बदर घटाउन करिब ५० करोड रुपैयाँ मतदाता शिक्षामा खर्च गरेको थियो । स्थानीय तह निर्वाचनमा २.४ प्रतिशत बदर भएको थियो ।

सहरभन्दा हिमाली जिल्लामा कम मत बदर भएको छ । काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, रूपन्देही, विराटनगर, नेपालगन्ज, सुर्खेतलगायतका मुख्य सहरभन्दा मनाङ, मुस्ताङ, हुम्ला, डोल्पाका मतदाता बढी सचेत रहेको पाइएको छ । ललितपुर–३ मा ३.६७, काठमाडौं–३ मा ४.३२, भक्तपुर–२ मा ३.२३ प्रतिशत बदर रहेकामा मनाङमा सबैभन्दा कम मत बदर भएको छ । मनाङमा ६ हजार ७ सय ७९ मतदातामध्ये ४ हजार ८ सय ४६ अर्थात् ७१.४८ प्रतिशत मतदान भएको थियो । १९ मत मात्रै बदर भएको आयोगले जनाएको छ । त्यस्तै मुस्ताङमा ७ हजार २ सय ५८ जनाले मतदान गरेकामा ८८ जनाको मत बदर भएको छ । हुम्लामा २४ हजार ७ सय ६२ मत खसेकामा ४ सय ९७ अर्थात् २ प्रतिशत मत बदर भएको छ ।

सल्यानमा सबैभन्दा बढी ८.८१ प्रतिशत बदर भएको छ । महोत्तरी–२ मा बढी बदर भएको छ । ६० हजार ५५ जनाले मतदान गरेकामा ४ हजार ८ सय ८९ जनाको मत बदर भएको हो । यो ८.१४ प्रतिशत हो । बदर बढी भएको तेस्रो जिल्लामा रोल्पा छ । ४६ प्रतिशत मतदान भएको रोल्पामा ५ हजार ३ सय ११ अर्थात् ७.९२ प्रतिशत बदर भएको छ । कञ्चनपुरमा ७.६१ प्रतिशत मत बदर भएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न पहिलो चरणमा विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली सङ्कलन गर्ने भएको

काठमाडौँ । निर्वाचन आयोगले छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको छ। शुक्रबार बिहान साढे ११ बजे  बैठक बस्नेगरी राजनीतिक दलहरूलाई बोलाइएको आयोगका

काठमाडौँ । निर्वाचन आयोगले विभिन्न राजनीतिक दललाई लेखापरीक्षण सार्वजनिक गर्न अल्टिमेटम दिएको छ। आज बिहीबार विज्ञप्ति जारी गर्दै आयोगले ८२ वटा

काठमाडौं । निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनको आचारसंहिता विपरीतका गतिविधि कडाइका साथ अनुगमन र निगरानी गर्न सरोकारवालालाई निर्देशन दिएको छ