"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जाडोयाममा बालबालिका र जेष्ठ नागरिकलाई कसरी रेखदेख गर्ने ?

प्रकाशित मिति :  १२ मंसिर २०७९, सोमबार १८:२६


हेल्थ टिप्स 

चिसो बढेसँगै सिजनल फ्लुका बिरामी पनि बढ्न थालेका छन् । यो समयमा चिसोका कारण बालबालिकाको शरीरको तापक्रम पनि घट्दै जाने हुन्छ । जसका कारण रुघाखोकीजस्ता सामान्यदेखि घातक रोगसमेत लाग्ने जोखिम हुन्छ । मानिसले बच्चालाई न्यानो कपडा लगाइदिए पनि टोपी तथा मोजा लगाउन बिर्सेका हुन्छन् ।

पैताला र टाउको खुला हुँदा त्यहीँबाट शरीरमा चिसो पसेर रुघाखोकी लाग्न सक्ने भएकाले यसतर्फ विशेष ध्यान पुर्‍याउन जरुरी छ । रुघाखोकी समयमै उपचार गरिएन भने यसले नवजात शिशुलाई थप कमजोर बनाउँछ । बालबालिकामा रोगसँग लड्ने क्षमता कम हुने भएकाले फ्लु सर्ने जोखिम पनि ज्यादा रहन्छ । 

फ्लुका लक्षण
– अचानक ज्वरो आउने । 
– नाकबाट पानी बग्ने । रुघाखोकी लाग्ने ।
– छिटोछिटो श्वास फेर्ने, श्वासप्रश्वासमा समस्या
– घ्यारघ्यार हुने । 
– ओठ, जिब्रो निलो भएर जाने ।
– छाला फुट्ने, सुक्खा हुने, चिरिने, एलर्जी हुने । 
– बच्चाले आमाको दूध नखाने, रुने । 
– बान्ता गर्ने । 

कस्ता समस्या देखिन्छ ?

श्वासप्रश्वासमा समस्या
जाडो मौसममा बालबालिकामा श्वासप्रश्वासमा बढी समस्या देखिन्छ । यो समयमा रुघाखोकी लाग्ने, निमोनिया हुनेलगायतका समस्या देखिन्छन् । धुलोधुवाँ, प्रदूषणका कारणले यस्ता समस्या देखिने हुन्छ । 

छालाको समस्या
चिसोमा बालबालिकामा छालाको समस्या बढी देखिन्छ । छाला सुक्खा हुने, फुस्रो हुने, फुट्ने, चिरा पर्ने, एलर्जी हुने हुन्छ । 

अन्य समस्या
चिसो मौसममा न्यानो गराउनका लागि बालबालिकालाई हिटर, दाउरा बाल्ने, हट ब्यागले सेक्ने गरिन्छ । तर, कहिलेकाहीँ तातोले बालबालिकालाई पोल्ने, विपत्ति निम्तिन सक्ने जोखिम हुने भएकाले विशेष सतर्क रहन जरुरी छ । 

के गर्ने ?
– बालबालिकामा समस्या देखिएमा जथाभावी औषधिको प्रयोग नगर्ने । 
– कुनै पनि समस्या देखिएमा हेलचेक्र्याइँ नगर्ने । तुरुन्तै अस्पताल लैजाने । 
– चिसोमा बालबालिकालाई बिहान–बेलुका बाहिर नलैजाने । लिएर जानुपर्दा टाउकोदेखि पैतालासम्म शरीर ढाक्ने कपडा लगाएर न्यानो बनाई लैजाने । 
– खानपिनमा ध्यान दिने । पोषिलो, झोलिलोपदार्थ खुवाउने । 
– भिटामिनयुक्त फलफूल प्रशस्त खुवाउने । 
– सिजनल फ्लुबाट बच्न भ्याक्सिन लगाउने । 
– रुघा लागेको अन्य व्यक्तिबाट बच्ने । प्mलु लागेको व्यक्तिसँगको सम्पर्कले एकअर्कामा सर्न सक्ने सम्भावना हुन्छ । 
– सरसफाइमा ध्यान दिने । 
– चिसोले छाला फुस्रो हुने, फुट्ने, चिरा पर्ने हुँदा मोस्चराइजर क्रिम लगाउने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । नेपालमा सुर्तीजन्य पदार्थको प्रयोग गर्ने सङ्ख्या बढ्दै गएको पाइएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको सर्वेक्षण अनुसार

काठमाडौं । औषधि व्यवस्था विभागले युनिक फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल न्यून गुणस्तरको फेला पारेको छ ।

काठमाडौं । डेंगुको संक्रमण यस वर्ष बर्खा नलाग्दै बढ्न थालेको छ । यो वर्ष जाडो महिनामा समेत संक्रमण शून्यमा नझरेको

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्ष स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार चितवनको भरतपुरमा निर्मित