"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधिसभा समानुपातिक ९० लाख मतगणना हुदा कुन दलको कति पुग्यो ?

प्रकाशित मिति :  १२ मंसिर २०७९, सोमबार १२:०२


काठमाडौं । समानुपातिकतर्फ अहिलेसम्मको मतपरिणाम अनुसार, नेकपा एमाले सबैभन्दा बढी सिट पाउने दल बन्ने देखिएको छ । सोमबार बिहान १० बजेसम्म ९२ लाख ८९ हजार मत गन्दा एमालेले सबैभन्दा धेरै २५ लाख ३० हजार २१४ मत पाएको छ । यो मत अनुसार एमालेले ३५ सिट पाउने देखिएको छ ।

नेपाली कांग्रेसले समानुपातिकततर्फ २३ लाख ९६ हजार ९३ मत पाएको छ । यस आधारमा कांग्रेसले ३३ सिट पाउने छ ।

समानुपातिक तर्फको मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माओवादी केन्द्रभन्दा अगाडि छ । रास्वपाले १० लाख ६२ हजार ९८० र माओवादी केन्द्र १० लाख ६१ हजार २०० मत पाएका छन् । यस आधारमा दुवै दलले समान १५/१५ सिट पाउने देखिन्छ ।

त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ८ र जनता समाजवादी पार्टी -जसपा) नेपालले ४ सिट पाउने सम्भावना छ । राप्रपाले ५ लाख ४५ हजार १८८ र जसपाले ३ लाख २४ हजार ३१० मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । बिहीबार शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद

गोरखा । गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ। जिल्लाका

पोखरा । सर्वसाधारणका बचत अपचलन गरेका पोखराका सबै सहकारी पीडितहरू एकै ठाउँमा भेला भएर आन्दोलनको तयारी गरेका छन्।सहकारीमा राखेको बचत फिर्ता

काठमाडौं । आजदेखि बालबालिकालाई भिटामिन ए खुवाइँदैछ । आज बिहीबार र भोलि शुक्रबार दुई दिन सरकारले बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए