"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एक सय ५५ सिटको परिणाम सार्वजनिक : कांग्रेसले ५३ र एमालेले ४१ क्षेत्रमा जित हासिल

प्रकाशित मिति :  ११ मंसिर २०७९, आईतवार ११:१८


काठमाडौँ। प्रतिनिधि सभा तर्फको १६५ क्षेत्रमध्ये १५५ वटा क्षेत्रको मत परिणाम आइसकेको छ । गत आइतवारदेखि जारी प्रतिनिधि सभाको मतगणनामा आइतवार बिहान सम्म १५८ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ। बाकि ७ क्षेत्रको मतगणना जारी छ ।तिन क्षेत्रको मत गणना सुचारु हुन सकेको छैन ।

सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले ५२ सिट जित्दै ३ स्थानमा अझै अग्रता लिईरहेको छ । नेकपा एमालेले ४१ क्षेत्रमा जित हासिल गरेका छ भने २ क्षेत्रमा अग्रता लिईरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ७ जित सहित १ स्थानमा अग्रता छ । माओवादी केन्द्रले १७ जित निकालेको छ ।

नेकपा (एकीकृत समाजवादी)ले १० जित सिट जितेको छ । राप्रपाले ७ स्थानमा विजय भएको छ भने जसपाले ६, नागरिक उन्मुक्ति पार्टी ३, लोसपा ४ जित निकालेका छन्। अब ७ क्षेत्रको मत आउन बाकि छ ।
रामेछाप १, सुनसरी १, ३, ४, उदयपुर १, धनुषा ४, इलाम १ क्षेत्रको मत परिणाम आउने क्रममा रहेको छ । 

निर्वाचन आयोगका अनुसार आइतबार साँझसम्ममा प्रत्यक्ष तर्फको सबै नजिता आइ सक्ने जनाएको छ । यता बाँकी मत परिणाम तर्फ सुनसरी ४ बाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, इलाम १ बाट झलनाथ खनाल, सुनसरी ३ बाट विजय कुमार गच्छदारको नजिता आउन बाँकी रहेको छ ।

गणना बाँकी क्षेत्रमा चार स्थानमा काँग्रेस, दुई स्थानमा एमाले र एक स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता रहेको छ ।

दोलखा, स्याङ्जा र बाजुराको मतगणना विवाद भई गणना स्थगीत भएको छ । त्यी स्थानमा गणना सुचारु गर्न आयोगले परामर्श गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ ।  सभामुख देवराज घिमिरले लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै देशको समृद्धिका निम्ति सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा जोड

काठमाडौँ । मन्त्रिपरिषद्को सोमबारको बैठकले लगानी सम्मेलनलाई लक्षित गरेर विभिन्न कानुन संशोधन गर्ने अध्यादेश सिफारिस गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

 काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी भ्रमणका अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। सिंहदरबारमा सोमबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक दर्जन भन्दा बढी एक दर्जनभन्दा बढी ऐनहरू अध्यादेशमार्फत संशोधन गर्न लागिएको बताएका छन्।