"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधि सभा समानुपातिकमा ६ दलले तीन प्रतिशत कटाए

प्रकाशित मिति :  १० मंसिर २०७९, शनिबार १२:२१


काठमाडौं । मंसिर ४ गते भएको तिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नजिता आउने क्रम जारी छ। निर्वाचन आयोगका अनुसार शनिबार बिहान ९ बजेसम्म सार्वजनिक अन्तिम मतपरिणामअनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ नेपाली कांग्रेस पहिलो स्थानमा छ भने एमाले दोस्रो स्थानमा छ। अहिलेसम्म प्रत्यक्षतर्फ कांग्रेसले ४९ र एमालेले ३८ सिट जितेका छन्। 

समानुपातिक निर्वाचन प्रणालीतर्फ भने एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा छन्। बिहान ९ बजेसम्म एमालेले सबैभन्दा बढी १७ लाख ७३ हजार ९ सय ८२ समानुपातिक मत पाएको छ। यसपछि कांग्रेसले १७ लाख ११ हजार ५ सय ८१ मत ल्याएको छ। 

यस्तै प्रत्यक्षतर्फ १६ सिट जितेर तेस्रो भएको नेकपा माओवादी केन्द्र समानुपातिकमा चौथो स्थानमा छ। यस्तै प्रत्यक्षतर्फ १० सिट जितेको नेकपा एकीकृत समाजवादी समानुपातिकतर्फ ३ प्रतिशत मत पुर्‍याउन सकेको छैन।

प्रत्यक्षमा ७ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी)  समानुपातिकतर्फ माओवादीलाई पछि पार्दै तेस्रो स्थानमा छ। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न पहिलो चरणमा विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली सङ्कलन गर्ने भएको

काठमाडौँ । निर्वाचन आयोगले छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको छ। शुक्रबार बिहान साढे ११ बजे  बैठक बस्नेगरी राजनीतिक दलहरूलाई बोलाइएको आयोगका

काठमाडौँ । निर्वाचन आयोगले विभिन्न राजनीतिक दललाई लेखापरीक्षण सार्वजनिक गर्न अल्टिमेटम दिएको छ। आज बिहीबार विज्ञप्ति जारी गर्दै आयोगले ८२ वटा

काठमाडौं । निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनको आचारसंहिता विपरीतका गतिविधि कडाइका साथ अनुगमन र निगरानी गर्न सरोकारवालालाई निर्देशन दिएको छ