"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधिसभा समानुपातिक मत : एमालेको अग्रता कायमै, कांग्रेसले पछ्याउदै

प्रकाशित मिति :  १० मंसिर २०७९, शनिबार १०:५२


काठमाडौँ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले) ले १८ लाखभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले शनिबार बिहान १० बजेसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १८ लाख ११ हजार ३९१ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले १७ लाख ४४ हजार १ सय ४८ मत प्राप्त गरेको छ । 

घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ४९ हजार ९ सय ९३ मत प्राप्त गरेको छ भने नेकपा (माओवादी केन्द्र) ले अहिलेसम्म सात लाख २६ हजार ९ सय ५७ मत प्राप्त गरेको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीन लाख ८२ हजार ९ सय ७७, जनता समाजवादी पार्टी (जसपा) ले दुई लाख ५४ हजार ३२, नेकपा (एकीकृत समाजवादी) ले एक लाख दुई सय ८८ र नागरिक उन्मुक्ति पार्टीले एक लाख ३६ हजार २ सय ६७ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । हात्तीपाइले रोग नियन्त्रणका लागि सरकारले सात जिल्लामा १६ वैशाख (आइतबार) देखि आम औषधि सेवन अभियान सुरु गर्ने भएको

काठमाडौँ । गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सीआईडीसीए) का अध्यक्ष लु झाउ हुईबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई रिहा गर्न अस्वीकार गरेको छ ।