"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रुकुम पश्चिमबाट अर्थमन्त्री जनार्दन शर्मा विजयी

प्रकाशित मिति :  ९ मंसिर २०७९, शुक्रबार १२:०५


रुकुम । नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा साढे २६ हजारको मतान्तरले प्रतिनिधिसभामा विजयी भएका छन् । शुक्रबार बिहान सकिएको मतगणना अनुसार शर्माले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नन्दराम देवकोटालाई २६ हजार ५ सय ८८ मतको अन्तरले पराजित गरेका छन् ।

कुल ६० हजार ५ सय २७ मत खसेकामा शर्माले ३९ हजार ५ सय ४९ मत प्राप्त गरे । नेकपा एमालेका देवकोटाले १२ हजार ९ सय ६१ मत पाएका छन् । अन्य उम्मेदवार मध्ये स्वतन्त्र तारक केसीेले ३ हजार ५ सय ६७, राप्रपाका दिपकुमार मल्लले ७ सय ९६, स्वतन्त्र उम्मेदवार राजन पाण्डेले २ सय १४ र मंगोलनेशनल अर्गनाइजेशनका हरिबहादुर पुनले २ सय ८ मत पाए ।

बाम–लोकतान्त्रिक गठबन्धनबाट रुकुम पश्चिममा सबै क्षेत्रमा नेकपा माओवादी केन्द्रका उम्मेदवार थिए । प्रतिनिधिसभामा सहित दुवै प्रदेश सभामा माओवादीका उम्मेदवार फराकिलो मतान्तर सहित विजयी भएका छन् । 

प्रदेश क मा झण्डै ११ हजारको अन्तर 
प्रदेश सभा (१) बाट झण्डै ११ हजार मतान्तर सहित नेकपा माओवादी केन्द्रका महेन्द्र केसी पारसमणि विजयी भएका छन् । उनले नेकपा एमालेका नारायणकुमार शाहलाई १० हजार ९ सय ५२ मतान्तरले पराजित गरे । केसीले १९ हजार ३३ मत प्राप्त गर्दा एमालेका शाहले ८ हजार ८१ मत पाए । यो क्षेत्रमा राप्रपाका तर्फबाट उम्मेदवार बनेका विनोदकुमार शाहले १ हजार ११ मत पाए । 

प्रदेश (२) मा १२ हजार मतान्तर सहित शर्मा विजयी 
प्रदेश सभा (२) मा १२ हजार मतान्तरले माओवादी केन्द्रका राजकुमार शर्माले नेकपा एमालेका कर्णबहादुर घर्तीलाई पराजित गरेका छन् । शर्माले २० हजार १ सय ६० मत पाएका छन् । एमालेका घर्तीले ८ हजार ७८ मत पाए । राप्रपाका निर्जल केसीले १ हजार १ सय ७ मत पाए । मंगलबार बिहानबाट सुरु भएको मतगणना जिल्लामा शुक्रबार बिहान सकिएको हो । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको दोस्रो चरणको ‘संवाद यात्रा’ बिहीबार बिहान नवलपरासीको गौरीगञ्जबाट सुरु भएको छ। स्थानीय चोकमा रहेको

काठमाडौं । सिराहा कर्जन्हाका तत्कालीन नगरप्रमुख गङ्गा पासमानसहित पाँच जनाविरुद्ध एक करोड आठ लाख रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । 

काठमाडौँ । उपप्राधन तथा गृहमन्त्री रवि लामिछानेले सहकारीका विषयमा आफ्नो कुनै संलग्नता नभएको प्रस्टीकरण दिएका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन

काठमाडौं । सरकारले २२ वटा विभिन्न निर्माण र आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले सार्वजनिक