"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

इलामको दुवै निर्वाचन क्षेत्रमा मतगणना स्थगित

प्रकाशित मिति :  ७ मंसिर २०७९, बुधबार १९:००


इलाम । इलामको दुई निर्वाचन क्षेत्रमा भइरहेको मतगणना कार्य स्थगित भएको छ । इलाम क्षेत्र नं २ मा साढे ३ बजेदेखि मतगणना स्थगित भएको हो । 

उता, क्षेत्र नं १ मा मतपेटिका शीलको विषयमा विवाद भएपछि गए रातिदेखि स्थगित भएको मतगणना कार्य अझै शुरु हुन सकेको छैन । इलाम क्षेत्र नं २ मा मतगणना जारी रहेकैबेला गणना गरेको मतपत्र शील नगरी राखिएको विषयमा उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले विवाद निकालेपछि मतगणना कार्य स्थगित भएको छ । 

पुन ः गणना कार्य सुचारु गराउने सहमतिका लागि अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गरेर उम्मेदवारका प्रतिनिधि तथा दलका प्रतिनिधिको बैठक बोलाएको छ । क्षेत्र नम्बर २ मा ६९ हजार ८५ मत खसेकामा करिब २२ हजार मत गणना भइसकेको छ । 

उता सूर्योदय नगरपालिकामा भइरहेको क्षेत्र नं १ को मतगणना सुचारु गराउन निर्वाचन अधिकृतको कार्यालयले सहमतिको प्रयास गरिरहे पनि अझै सहमति नहुँदा मतगणना स्थगित छ । दलहरुबीचको बैठकमा सहमति नजुट्दा मतगणना कार्य लम्बिएको हो । 

इलाम क्षेत्र नं १ मा भने २३ हजार ८ सय ६५ मतगणना सकिएको थियो । यहाँ ५९ हजार १ सय ३६ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आफ्नो ५५ औं स्थापना दिवसको अवसर पारि ७५३ स्थानीय पालिकामा प्रतिनिधि खटाएको छ ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिंचाइ तथा ऊर्जा विकास कार्यालय मुगुका प्रमुख राजिव रिमालसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री महराले प्रदेशसभामा विश्वासको मतका