"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

समानुपातिकमा एमाले र कांग्रेसलाई पछ्याउदै घन्टी

प्रकाशित मिति :  ७ मंसिर २०७९, बुधबार ११:५०


काठमाडौं । प्रतिनिधि सभाका लागि जारी मतगणनामा समानुपातिकतर्फ झन्डै ८ लाख मतको गणना सकिँदा नेकपा एमालेले अग्रता कायम राखेको छ। ७ लाख ८१ हजार ३ सय १९ सदर मतमध्ये एमालेले २२१६५३ (२८.३६ प्रतिशत) मत पाएको छ। दोस्रोमा नेपाली कांग्रेस छ। कांग्रेसले १९८७६९ (२५.४४ प्रतिशत) मत पाएको छ।

तेस्रोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख मत कटाएको छ। घन्टी चिन्ह भएको उक्त पार्टीले १०१७०३ मत अर्थात् १३.०३ प्रतिशत मत पाएको छ। चौथो स्थानमा रहेको माओवादीले ९२१८४ मत (११.०१ प्रतिशत) मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ५१९०१ मत ( ६.६४ प्रतिशत) मत पाएको छ।

जनता समाजवादी पार्टीले १६८५६ (२.१ प्रतिशत)  मत पाएको छ। सिके राउत नेतृत्वको जनमत पार्टीले  १६१७६, नेपाल मजदुर किसान पार्टी १३६१७, नेकपा (एकीकृत समाजवादी) ११९५६, नागरिक उन्मुक्ति पार्टी १०४६८ मत पाएको छ। अन्य दलहरूले ४६०३६ मत पाएका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । विपक्षी दलहरू उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको जवाफ सुन्न तयार भएका छन् । विपक्षी दलहरुको आइतबार बसेको बैठकले

काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक जारी छ । बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक पनि विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन्। शनिबार पार्टी केन्द्रीय

काठमाडौं । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउनु पर्ने मागमा विपक्षी दलहरू एकमत भएका छन् । शुक्रबार नेपाली कांग्रेसको