"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्याङ्जा-२ मा मतगणनाको माग गर्दै कांग्रेसका धनराज गुरुङ धर्नामा

प्रकाशित मिति :  ६ मंसिर २०७९, मंगलवार २२:२२


स्याङ्जा । स्याङ्जा क्षेत्र नं. २ मा मतगणना गर्न माग गर्दै नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ धर्नामा बसेका छन् ।

नेकपा एमालेले केही मतदान केन्द्रमा धाँधली भएको भन्दै पुन: मतदानको माग गर्दै मतगणना गर्न दिएको छैन । तर कांग्रेसका उपसभापतिसमेत रहेका गुरुङ मतगणना सुरु गर्न माग गर्दै मंगलबार निर्वाचन अधिकृतको कार्यालय वालिङमा धर्ना बसेका हुन् ।

मतगणना तत्काल सुरु नगरे आन्दोलनका थप कार्यक्रम गरिने स्याङ्जा कांग्रेसले जनाएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले सबै समस्या निर्वाचन अयोगलाई जानकारी गराएको भन्दै अब आयोगको निर्णय अनुसार अघि बढ्ने बताए ।

स्याङ्जा क्षेत्र नं. २ का विभिन्न स्थानका मतदान केन्द्र कब्जा भएको निर्वाचन आयोगमा निवेदन परेको छ । आयोगले आवश्यक निर्णय दिइसकेपछि मात्रै अन्य प्रक्रिया अगाडि बढने प्रजिअ क्षेत्रीले बताए ।

स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नं. २ मा एमालेकी सचिव पद्‍मा अर्याल र कांग्रेसबाट धनराज गुरुङ उम्मेदवार छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखरा । सर्वसाधारणका बचत अपचलन गरेका पोखराका सबै सहकारी पीडितहरू एकै ठाउँमा भेला भएर आन्दोलनको तयारी गरेका छन्।सहकारीमा राखेको बचत फिर्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गरेका छन् । भेटका लागि प्रधानमन्त्री दाहाल बुधबार अपरान्ह शितलनिवास पुगेका थिए ।

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीको रकम अपचलन गर्ने रवि र गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् छुट्याउन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने बताएकी छन्। विश्वविद्यालयहरूमा प्राज्ञिकता