"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मतगणना सुरु हुनुअघि के–के हुन्छन् प्रक्रिया ?

प्रकाशित मिति :  ५ मंसिर २०७९, सोमबार ००:४३


काठमाडौं । आइतबार देशभर एकैसाथ भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतगणना आजै रातिदेखि सुरु गर्ने तयारी गरिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरुमा आज रातिदेखि नै मत गणना कार्य शुरु गरिने बताए ।

मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिकाहरु संकलन गर्ने कार्य प्रारम्भ हुने र ७ बजेसम्म मतपेटिका संकलन गरी एक घण्टा छलफलको समय राखेर आज नै रातिदेखि नै मतगणना कार्य प्रारम्भ गर्नेगरी तयारी भएको उनको भनाइ छ ।  हिमाली जिल्लामा मतपेटिकाहरु आज नै जम्मा गर्न नसकिने भएकाले भोलिदेखि हुने अपेक्षा गरिएको छ । 

यस्तो हुन्छ गणनाअघिको प्रक्रिया

मतदान सकिएपछि सुरक्षाकर्मीको सहयोगमा मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइन्छ । जुन ठाउँमा उम्मेदवारको मनोनयन गरेको हो सोही कार्यालयमा मतगणना हुने निर्वाचन आयोगका सहप्रवक्ता ऋषिराम भुसालले रातोपाटीलाई जानकारी दिए । 

उनले भने, ‘मतगणना निर्वाचन अधिकृतको कार्यालयमा हुन्छ । सबै मतदानस्थलबाट निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका आइसकेपछि सर्वदलीय बैठक बस्छ र मतगणनाको काम सुरु हुन्छ । मतगणना कार्यमा उम्मेदवारका प्रतिनिधि बस्न पाउने व्यवस्था हुन्छ । मतगणना निर्देशिकामा  तोकेका व्यक्तिहरू मतगणनास्थलमा बस्न पाउने व्यवस्था हुन्छ । निर्वाचन पर्यवेक्षकहरुलाई पनि अलि टाढाबाट मतगणना हेर्न पाउने व्यवस्था हुन्छ ।’

मतगणना गर्दा सम्भव भएसम्म प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली दुवैको एकैपटक गरिने उनले बताए । यदि ठाउँ र कर्मचारीको अभाव भएमा सबैभन्दा पहिला प्रत्यक्ष तर्फको मतगणना गर्ने र त्यसपछि समानुपातिक तर्फको मतगणना गरिनेछ । 

उनले भने, ‘सम्भव भएसम्म सबै मतपत्र एकैपटक गन्नु भन्ने छ यदि सम्भव नभएमा सुरुमा प्रत्यक्ष तर्फको र त्यसपछि समानुपातिक तर्फको मतगणना गर्नु भनेर आयोगबाट निर्देशन भएको छ । मतगणनाको सुरुमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेदवारलाई पहिलो प्राथमिकता दिनु भनिएको छ ।’ जनशक्तिको उपलब्धता अनुसार विभिन्न टोली बनाएर छिटो मतगणना सम्पन्न गर्न आयोगले सम्बन्धित निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न पहिलो चरणमा विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली सङ्कलन गर्ने भएको

काठमाडौँ । निर्वाचन आयोगले छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको छ। शुक्रबार बिहान साढे ११ बजे  बैठक बस्नेगरी राजनीतिक दलहरूलाई बोलाइएको आयोगका

काठमाडौँ । निर्वाचन आयोगले विभिन्न राजनीतिक दललाई लेखापरीक्षण सार्वजनिक गर्न अल्टिमेटम दिएको छ। आज बिहीबार विज्ञप्ति जारी गर्दै आयोगले ८२ वटा

काठमाडौं । निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनको आचारसंहिता विपरीतका गतिविधि कडाइका साथ अनुगमन र निगरानी गर्न सरोकारवालालाई निर्देशन दिएको छ