"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्थानीय तहलाई निर्देशन : चुनावका लागि भौतिक संरचना व्यवस्थापन गर्नु

प्रकाशित मिति :  २७ कार्तिक २०७९, आईतवार १८:०५


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि आवश्यक पर्ने भौतिक संरचना व्यवस्थापन गराउन स्थानीय तहहरुलाई पत्राचार गरेको छ ।

निर्वाचन आयोगले चुनावका लागि आवश्यक पर्ने भवन, परिसर र भौतिक संरचनाको व्यवस्थापन गरिदिन भन्दै मन्त्रालयमा परिपत्र गरेको थियो । सोही परिपत्र अनुसार निर्वाचनका लागि आवश्यक पर्ने भौतिक संरचनाहरुको व्यवस्थापन गरिदिन स्थानीय तहहरुलाई पत्राचार गरिएको सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत चिरञ्जीवी नेपालले जानकारी दिए ।

निर्वाचनका लागि सामुदायिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य सार्वजनिक स्थान आवश्यक परेको खण्डामा व्यवस्थापन गर्न आयोगले मन्त्रालयसँग आग्रह गरेको थियो ।

२-४ मंसिरसम्म भवन तथा परिसर उपलब्ध गराउन स्थानीय तहहरुलाई पत्राचार गरिएको नेपालले बताए ।

हेर्नुहोस् परिपत्रः



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बुटवल। बुटवल उपमहानगरपालिकाले स्थानीय आर्थिक विकासमा देशकै सर्वोत्कृष्ट पालिका घोषित हुँदै ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ पाएको छ । आर्थिक वर्ष २०७९/८०

काठमाडौं । काठमाडौं महानगरपालिकामा करिब दुई लाख करदाताले नियमित कर नतिर्ने गरेको पाइएको छ। कामपामा दर्ता भएका करदाता तीन लाख १२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ललिता निवास क्षेत्रमा एक साताभित्र खाली गर्न आग्रह गर्दै एक सूचना जारी गरेको छ। विशेष अदालतको फैसलासँगै

जुम्ला । जुम्लाको तिला गाउँपालिका–६ नम्बर वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ । कम उमेरमै विवाह हुँदा प्रजनन स्वास्थ्यमा