"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जाडो मौसममा ग्रिन–टीका फाइदा

प्रकाशित मिति :  २४ कार्तिक २०७९, बिहीबार १७:४४


काठमान्डौँ । जाडो मौसम सुरु हुदै छ । शरीरलाई न्यानो राख्न र सधै स्वास्थ्य रहनका लागि ग्रिन–टीका फाइदा के हुन सक्छन् । आउनुहोस ग्रिन–टी पिउदा हुने फाईदाका बारेमा चर्चा गरौ ।

– खराब कोलेस्ट्रोल, ट्रेग्लिसेक्राइट्स, युरिक एसिड, उच्च रक्तचाप र मुटुसम्बन्धी रोग नियन्त्रण गर्छ ।
– रक्तकोषिका स्वस्थ राख्नुका साथै हृदयाघात र मस्तिष्कघातको सम्भावनालाई कम गर्छ ।
– रगतमा भएका अनावश्यक ग्लुकोजको मात्रा घटाउँछ । अम्लीयपन घटाएर प्यानक्रियाजलाई स्वस्थ राख्नुका साथै मधुमेह पनि नियन्त्रण गर्छ ।
– रोगप्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ ।
– यसले विभिन्न अंगमा हुने क्यान्सरको सम्भावनालाई पनि घटाउँछ ।
– पेटसम्बन्धी सम्पूर्ण रोग निको पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
– मोटोपना, पार्किन्सन, आर्थराइटिस, रुमाइटिज्म, बाथजस्ता समस्यालाई पनि धेरै हदसम्म नियन्त्रण गर्छ ।
– ग्रिन टीको मद्दतले स्मरणशक्ति पनि सशक्त हुने गर्छ । त्यस्तै आँखा, छाला, रक्तकोषिकाको संरक्षण गर्नमा पनि यसले भूमिका खेल्छ ।
– कलेजो, फोक्सो, मिर्गौला, मुटु, दाँत, गिजा, हड्डी संरक्षणमा पनि ग्रिन टीको ठूलो भूमिका हुन्छ ।
– यसले धूम्रपान, मद्यपान, लागुपदार्थ, रासायनिक पदार्थ, धातुको असरलाई कम गर्न एन्टिबायोटिक औषधिकै काम गर्छ ।
– ग्रिन टीले मृत रक्तकोषिका, फ्री र्‍याडिकल्सलगायतका विषाक्त पदार्थलाई शरीरबाट बाहिर निकाल्ने काम गर्छ ।

कसले पिउनुहुँदैन ? 
– न्यून रक्तचाप भएका मानिसले खाली पेटमा ग्रिन टी पिउनुहुँदैन । तर, खाना खाएपछि कालो नुन थपेर दिनमा एक कपसम्म भने लिन सकिन्छ ।
– महिनावारी भएको तीन दिनसम्म ग्रिन टी नखाँदा राम्रो ।
– गर्भावस्थाको पहिलो तीन महिना र डेलिभरी हुनुभन्दा दुई महिना पहिलेदेखि ग्रिन टीको प्रयोग गर्नुहुँदैन । यसबीचको अवधिमा दिनमा दुई कपसम्म पिउन सकिन्छ ।
– स्तनपान गर्ने र गराउनेले पनि ग्रिन टी पिउनु हँदैन ।
– किमो वा अन्य थेरापी लिएका बिरामीले ४२ दिनसम्म ग्रिन टीको सेवन गर्नुहुँदैन ।
– हृदयसम्बन्धी रोगीले कुनै प्रकारको रासायनिक औषधिको सेवन गरी ग्रिन टी पिउनुहुँदैन ।
– रगतलाई पातलो बनाउने औषधि सेवन गरेकाले पनि ग्रिन टी नपिउँदा राम्रो हुन्छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आजदेखि बालबालिकालाई भिटामिन ए खुवाइँदैछ । आज बिहीबार र भोलि शुक्रबार दुई दिन सरकारले बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए

काठमाडौँ । नेपालमा सुर्तीजन्य पदार्थको प्रयोग गर्ने सङ्ख्या बढ्दै गएको पाइएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको सर्वेक्षण अनुसार

काठमाडौं । औषधि व्यवस्था विभागले युनिक फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल न्यून गुणस्तरको फेला पारेको छ ।

काठमाडौं । डेंगुको संक्रमण यस वर्ष बर्खा नलाग्दै बढ्न थालेको छ । यो वर्ष जाडो महिनामा समेत संक्रमण शून्यमा नझरेको