"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न : निर्वाचन आयोग

प्रकाशित मिति :  १८ कार्तिक २०७९, शुक्रबार १२:३७


काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्य सम्पन्न भएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो ।

आयोगले जनक शिक्षा सामग्रीलाई प्रत्यक्ष निर्वाचनतर्फका मतपत्र छपाउन दिएको थियो । आयोगले दिएको २० गतेसम्मको समयसीमा भन्दा दुई दिन अगावै जनक शिक्षा सामग्रीले मतपत्र छपाइ कार्य सम्पन्न गरेको हो ।

शुक्रबार जनक शिक्षा सामग्रीमा मतपत्र छपाइसम्बन्धी अवलोकन गर्नुहुँदै निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगको २० गतेसम्म मतपत्र छापिसक्नुपर्ने समयावधिभन्दा दुई दिन अगावै सबै मतपत्र छापिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सबै पक्षबाट मतपत्र छपाइ चुनौतीको रुपमा लिने हो, तर आयोगले र आयोगसँग सम्द्धब मतपत्र छपाइको क्रममा सँगै बसेर काम गर्नुहुने सबै साथीहरुले यसलाई अवसरको रुपमा लिनुभएको छ । निर्वाचन आयोगको २० गतेसम्म मतपत्र छापिसक्नुपर्ने भन्ने थियो, तर कार्यतालिकाभन्दा दुई दिन अगावै मतपत्र छपाइ सकियो ।’’

उहाँले आठ करोड तीन लाख ९४ हजार पाँच सय मतपत्र छपाइ सकिएको र नमूना मतपत्र २२ लाख गरी कुल आठ करोड २५ लाख मतपत्र छपाइ भएको जानकारी दिनुभयो । निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहनुभएका आयुक्त भण्डारीले कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी प्रदेशमा ढुवानी सम्पन्न भइसकेको र प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा चाँडै मतपत्र ढुवानी हुने बताउनुभयो । उहाँले मतपत्र छाप्ने काम चुनौतीपूर्ण रहे पनि समयभन्दा अगावै सबैको सहयोगमा छपाइ कार्य सम्पन्न भएको बताउनुभयो ।

‘‘नमुना मतपत्र २२ लाख, सक्कली मतपत्र आठ करोड तीन लाख ९४ हजार पाँच सय गर्दा करिब आठ करोड २५ लाख मतपत्र छपाइ भएको छ । कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी प्रदेशमा ढुवानी सम्पन्न भइसकेको छ, प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा बाँकी छ, यो छिट्टै हुन्छ । चुनौतीपूर्ण काम छाप्ने थियो, ढुवानी छिट्टै हुन्छ ।,’’ आयुक्त भण्डारीले भन्नुभयो, ‘‘छोटो समयमा यति धेरै मतपत्र छापिनु, गम्भीर कुरा नै थियो । तर, यसलाई सहज रुपमा छापिएको छ । निर्वाचन प्रक्रियामा सामेल हुने प्रयोजनका लागि मतपत्र छापिने क्रममा सहयोग र सद्भावले काम गरेर दुई दिन अगावै सक्नुभयो ।’’

समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब चार करोड मतपत्र भने यसअघि नै छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । आयोगको पछिल्लो तथ्याङ्कअनुसार निर्वाचनमा कुल एक करोड ७९ लाख ८५ हजार ७० जना मतदाता छन् ।

यी मतदाताहरुले समानुपातिक तथा प्रत्यक्ष दुई प्रणालीका लागि चार वटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ । जस अनुसार आगामी निर्वाचनका लागि करिब आठ करोड मतपत्र आवश्यक पर्छ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न पहिलो चरणमा विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली सङ्कलन गर्ने भएको

काठमाडौँ । निर्वाचन आयोगले छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको छ। शुक्रबार बिहान साढे ११ बजे  बैठक बस्नेगरी राजनीतिक दलहरूलाई बोलाइएको आयोगका

काठमाडौँ । निर्वाचन आयोगले विभिन्न राजनीतिक दललाई लेखापरीक्षण सार्वजनिक गर्न अल्टिमेटम दिएको छ। आज बिहीबार विज्ञप्ति जारी गर्दै आयोगले ८२ वटा

काठमाडौं । निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनको आचारसंहिता विपरीतका गतिविधि कडाइका साथ अनुगमन र निगरानी गर्न सरोकारवालालाई निर्देशन दिएको छ