"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

असक्त मतदाताले मतदान प्रकृयामा सहयोगी लैजान पाउने

प्रकाशित मिति :  १५ कार्तिक २०७९, मंगलवार १४:२४


काठमाडौँ । प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन आउन १९ दिन मात्र बाँकी छ । गाउँ, टोल र सहरका गल्ली-गल्लीमा निर्वाचनको माहोल तातिसकेको छ । यतिखेर उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगिरहेको देख्‍न सकिन्छ ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि सबै जना मतदान केन्द्रमा पुग्छन् । प्रत्येक मतदान केन्द्रमा बिहान ७ देखि ५ बजेसम्म मतदान हुनेछ । घर-परिवारमा कोही दृष्टिविहिन तथा शारीरिक रुपमा असक्त सदस्य छन् भने उनीहरूलाई मतदान स्थलसम्म पुग्न पक्कै पनि सहज छैन ।

शारीरिक रुपमा अशक्त हुँदैमा मतदान गर्न पाउने अधिकारबाट वञ्चित भने हुँदैनन् । परिवारका सदस्य वा मतदान अधिकृतले सहयोग गर्ने छन् । मतदान केन्द्रका मतदान अधिकृतको अनुमतिले परिवारका सदस्यले दृष्टिविहिन तथा शारीरिक रुपमा असक्त मतदातालाई मतदान केन्द्रसम्म पुर्‍याउन पाउने छन् ।

निर्वाचन आयोगका अनुसार मतदान अधिकृतलाई उपयुक्त लागेमा अनुमति प्रदान गर्नेछ । अथवा मतदान अधिकृतले सहयोग गर्न सक्नेछन् । अपांगता भएका व्यक्तिलाई प्राथमिकताको आधारमा मतदान गर्ने व्यवस्था हुन्छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न पहिलो चरणमा विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली सङ्कलन गर्ने भएको

काठमाडौँ । निर्वाचन आयोगले छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको छ। शुक्रबार बिहान साढे ११ बजे  बैठक बस्नेगरी राजनीतिक दलहरूलाई बोलाइएको आयोगका

काठमाडौँ । निर्वाचन आयोगले विभिन्न राजनीतिक दललाई लेखापरीक्षण सार्वजनिक गर्न अल्टिमेटम दिएको छ। आज बिहीबार विज्ञप्ति जारी गर्दै आयोगले ८२ वटा

काठमाडौं । निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनको आचारसंहिता विपरीतका गतिविधि कडाइका साथ अनुगमन र निगरानी गर्न सरोकारवालालाई निर्देशन दिएको छ