"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्थानीय निर्वाचन : वैशाख ३० मा नगर्न माग गर्दै परेको रिट निवेदन दरपीठ

प्रकाशित मिति :  २६ माघ २०७८, बुधबार १७:१०




काठमाडौँ । स्थानीय तहको निर्वाचन वैशाख ३० मा नगर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले दरपीठ गरेको छ ।

महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले आफूहरूले ५ वर्षे कार्यकाल उपभोग गर्न नपाउने भन्दै रिट निवेदन लिएर गएकोमा सर्वोच्चले दर्ता गर्न अस्वीकार गरेको हो ।

सर्वोच्चका रजिस्ट्रार नारायणप्रसाद पन्थीले आदेश जारी गर्दै स्थानीय तह निर्वाचन ऐन बमोजिम अलग(अलग मितिमा सम्पन्न भएको निर्वाचन पहिला चरणमा भएको मितिमा सम्पन्न भएको मानिने भएकाले निवेदकको दाबी आधारहीन भएकोले दरपीठ गरिएको जनाएका छन् ।

२०७४ असोज २ मा सम्पन्न निर्वाचनको ५ वर्ष असोजमा मात्र पुग्ने भएकाले असोजपछि मात्र निर्वाचन हुनुपर्ने माग रिट निवेदकको रहेकोमा सर्वोच्चले वैशाख ३० लाई नै ५ वर्ष मान्ने प्रस्ट पारेको छ ।

सर्वोच्चको यो निर्णयसँगै वैशाख ३० मा हुने चुनाव अदालतबाट रोकिन सक्ने आशङ्कालाई अन्त्य गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सार्वजनिक पद धारणा गरेका छ हजार सात सय पाँच जनाले गत आर्थिक वर्ष २०७९/८० मा आफ्नो सम्पत्ति विवरण नबुझाएको

काठमाडौँ । नेपाली कांग्रेसको अवरोधका कारण गतिरोध उत्पन्न अन्त्य गर्न सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग गरेको छलफल बिनानिष्कर्ष टुंगिएको छ।

काठमाडौँ- सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकलाई छलफलका लागि बोलाएका छन्। दिउँसो २ बजे सिंहदरबारस्थित कार्यकक्षमा सभामुखले कानून,

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा