"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निर्वाचन आयोगमा आचारसंहिता उल्लंघनका ५ दर्जन उजुरी

प्रकाशित मिति :  १३ कार्तिक २०७९, आईतवार १७:४४


काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनाव मर्यादित बनाउन निर्वाचन आयोगले जारी गरेको आचार संहिता उल्लंघनको उजुरी ५ दर्जन बढी पुगेको छ । आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल तथा उम्मेदवार र संघसंस्थालाई स्पष्टिकरण सोधिएको आयोगले जनाएको छ । 

आचार संहिता पालनाबारे अनुगमनका लागि ७७ जिल्लामा अनुगमन संयन्त्र बनाइएको र सो संयन्त्रले पनि हेरिरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।  मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी समेत सहायक संयोजक रहनेगरी कोष तथा लेखा नियन्त्रक प्रमुखलाई अधिकृत तोकेर जिल्लामा अनुगमन कमिटी बनाइएको छ । 

विभिन्न जिल्लाबाट उजुरी आइरहेको र स्पष्टिकरण सोध्ने काम भइरहेको उनले बताए । सोधिएको स्पष्टिकरण चित्तबुझ्दो नभए केही उम्मेदवार र राजनीतिक दललाई दोहो¥याएर सोध्ने आयोगले तयारी गरेको छ



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न पहिलो चरणमा विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली सङ्कलन गर्ने भएको

काठमाडौँ । निर्वाचन आयोगले छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको छ। शुक्रबार बिहान साढे ११ बजे  बैठक बस्नेगरी राजनीतिक दलहरूलाई बोलाइएको आयोगका

काठमाडौँ । निर्वाचन आयोगले विभिन्न राजनीतिक दललाई लेखापरीक्षण सार्वजनिक गर्न अल्टिमेटम दिएको छ। आज बिहीबार विज्ञप्ति जारी गर्दै आयोगले ८२ वटा

काठमाडौं । निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनको आचारसंहिता विपरीतका गतिविधि कडाइका साथ अनुगमन र निगरानी गर्न सरोकारवालालाई निर्देशन दिएको छ