"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सहरी विकास मन्त्री चौधरीलाई २४ घण्टे स्पष्टीकरण

प्रकाशित मिति :  ३० आश्विन २०७९, आईतवार १८:११


काठमाडौं । आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले सहरी विकास मन्त्री मेटमणी चौधरीलाई स्पष्टीकरण सोधेको छ। आयोगले आइतबार उनलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उनले बाढीपीडितका नाममा चामल वितरण गरेको समाचार आएपछि आयोगले स्पष्टीकरण सोधेको हो।

आयोगले उनीसँग निर्वाचन क्षेत्रका बाढीपीडितका नाममा चामल वितरण गर्ने कार्यले आचारसंहिताको उल्लंघन हुँदैन भनेर पुष्ट्याइ गर्ने आधार के छ भनेर पनि प्रश्न सोधेको छ। आचारसंहिताको दफा छ मा आयोगको पूर्व स्वीकृति लिएर त्यस्ता कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन भन्ने व्यवस्था छ। त्यस व्यवस्था बमोजिम आयोगको कुनै पूर्वसहमति प्राप्त गरेको छ/छैन? भनेर पनि प्रश्न गरिएको छ।

यस्तै सहमति बेगर चामल वितरण गरिएको भए सरकारको वार्षिक कार्यक्रम भित्र कुन बुँदामा समावेश भएको छ? भन्ने प्रष्ट पार्न पनि भनिएको छ। जिल्ला प्रशासन कार्यालयमार्फत राहत वितरणको काम गर्न सकेपनि किन मन्त्रीकै उपस्थितिमा वितरण गर्न जानुपर्ने बाध्यता थियो वा थिएन भन्ने पनि प्रश्न छ।

उनलाई आयोगले किन जरिवाना गर्नु नपर्ने भनेर अर्को प्रश्न गरेको छ। आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत नेताहरूलाई पनि स्पष्टीकरण सोधेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले विद्यमान कानुन र संरचनाबाट सहकारीको समस्या समाधान गर्न सम्भव नभएको निष्कर्ष निकालेको छ । सहकारी पीडितको समस्या

काठमाडौँ । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका बेलामा कतार पनि पानी निर्यातको राम्रो गन्तव्य हुनसक्नेमा सरोकारवालाहरूले

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत बनिरहेको बाँकेको सिक्टा सिंचाइ आयोजनामा संलग्न पप्पु कन्स्ट्रक्सन प्रालिलाई नेपाल सरकारले कालोसूचीमा राखेको छ । प्रधानमन्त्री

काठमाडौँ । मन्त्रिपरिषद्को सोमबारको बैठकले लगानी सम्मेलनलाई लक्षित गरेर विभिन्न कानुन संशोधन गर्ने अध्यादेश सिफारिस गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्