"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सभामुख र उपसभामुखविरुद्धको रिटमा सर्वोच्चले दियो कारण देखाउ आदेश

प्रकाशित मिति :  ९ आश्विन २०७९, आईतवार १६:५८


काठमाडौं । सभामुख र उपसभामुख पद खाली गराउन माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले संघीय संसद सचिवालयसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको छ ।

नयाँ निर्वाचनको उम्मेदवारी दर्ता हुने अघिल्लो दिनसम्म मात्र कार्यकाल रहनेमा सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालले राजीनामा नदिएको भन्दै अधिवक्ता किशोर पौडेलसमेतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । त्यस्तै यो मुद्दालाई अग्राधिकार दिन पनि आदेश भएको सर्वोच्च अदालतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  कैलाली मालपोत कार्यालयका  तत्कालीन प्रमुख मोहन स्नेही सराईली र  नापी कार्यालय प्रमुख मानबहादुर चन्दसहित

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्नेछ । बैठकमा सभामुख

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रुपमा रहेको संसद् सधैँ बन्धक बन्न नसक्ने

काठमाडौँ । सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक