"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भदौ महिनामा ७६ हजार नेपाली रोजगारीका लागि विदेशिए

प्रकाशित मिति :  ७ आश्विन २०७९, शुक्रबार १०:२४


काठमाडौं । भदौ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या झन् बढेको छ । बितेको भदौ महिनामा ७६ हजार ४०३ जना नेपाली रोजगारीका लागि विदेश गएका छन् । त्यसको झण्डै आधा हिस्सा मलेसियाले नै ओगटेको छ ।

महामारीका कारण लामो समय बन्द रहेको मलेसियको रोजगारी खुलेसँगै त्यहाँबाट डिमान्ड ह्वात्तै बढेको छ । यसले गर्दा मलेसियामा पनि रोजगारीका लागि जानेको संख्या उच्च हुँदा विदेशिनेको संख्या नै औसतभन्दा दोब्बर हुन थालेको छ ।

भदौ महिनाको तथ्यांक अनुसार ५० हजार ५० जना श्रमिकलाई म्यानपावर कम्पनीले नै भिसा प्रक्रिया पूरा गरेर विदशे पठाएका छन् । बाँकी भने श्रम स्वीकृति नवीकरण तथा व्यक्तिगत किसिमका श्रम स्वीकृतिबाट विदेश गएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार भदौमा विदेशिने संख्या साउनको तुलनामा उच्च हो । साउन महिनामा ६३ हजार ३९ जना नेपाली कामका लागि विदेशिएका थिए ।

भदौ महिनामा ५७ हजार ६९३ जना श्रमिकले नयाँ श्रम भिसा (संस्थागत तथा व्यक्तगत) मा विदेश जाने अवसर पाएका छन् । साउनमा यस्तो नयाँ श्रम भिसामा विदेश जाने नेपालीको संख्या ४२ हजार ७२९ थियो । असार महिनामा कुल ६२ हजार ८५३ जना नेपाली विदेशमा रोजगारीका लागि गएका थिए । यसमध्ये नयाँ श्रम स्वीकति लिएर जानेको संख्या ३९ हजार ७४२ जना थियो ।

भदौमा औसत २ हजार ४६१ जना नेपाली श्रमका लागि विदेश गएको विभागको तथ्यांकमा देखिन्छ । भदौ महिनामा मलेसियामा मात्रै ३५ हजार ३७२ जना श्रमिक कामका लागि गाएका छन् । त्यसमध्ये ३३ हजार २० जना नेपाली श्रमिकले नयाँ श्रम भिसामा मलेसिया पुगेका छन् ।

भदौमा कतारमा ११ हजार ७७५, यूएईमा ८ हजार ३६५, साउदीमा ६ हजार ७८४, कुवेतमा ५ हजार ३९ र कोरियामा १ हजार ७१५ जना नेपाली श्रमिक पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सरकारले विप्रेषणका कारण मुलुकको अर्थ व्यवस्था टिकिरहेको भनिरहँदा आर्थिक वर्ष २०८०-८१ मा एक हजार ३४६ युवाले ज्यान गुमाएका छन्

काठमाडौँ – आर्थिक वर्ष २०८०/८१ मा सात लाख ५४ हजार युवा बैदेशिक रोजगारीको खोजीमा ९१ देश पुगेका छन्। वैदेशिक रोजगार विभागका

काठमाडौँ । वैदेशिक रोजगार विभागले ५८४ वटा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीको कारोबार रोक्का गरेको छ । विभागले एक सूचना

काठमाडौँ । वैदेशिक रोजगार कार्यालय ताहाचल अब दैनिक तीन सिफ्टमा सञ्चालन हुने भएको छ। श्रम स्वीकृतिमा ढिलाइ नगर्न श्रम,रोजगार तथा सामाजिक