"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अर्थतन्त्रमा समस्या देखिए ब्याजदरमा हस्तक्षेप गर्ने : अर्थमन्त्री शर्मा

प्रकाशित मिति :  ६ आश्विन २०७९, बिहीबार १७:०४


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर वृद्धि गरेसँगै कर्जाको ब्याजदर पनि आकासिएको भन्दै यसले लगानी निरुत्साहित हुने र अर्थतन्त्रमा समस्या आउने बताएका छन् । एकातिर बैंक तथा वित्तीय संस्थामा लगानी गर्न पैसा नभएको र अर्कातिर ब्याजदर अकासिएकाले लगानी निरुत्साहित हुने भएकाले अर्थतन्त्रमा समस्या आउने मन्त्री शर्माले बताएका हुन् ।

बिहीबार ‘नाडा ईभी एक्स्पो २०२२’ को उद्घाटनका क्रममा अर्थमन्त्री शर्माले बैंकले बढाएको यही ब्याजदरलाई इंगित गर्दै त्यसमा सरकारले हस्तक्षेप गर्ने बताएका हुन् । ‘जुन देशमा बैंकमा पैसा राखेर १३ प्रतिशत, १४ प्रतिशत, १५ प्रतिशतसम्म आम्दानी लिन पाइन्छ, त्यो देशमा उत्पादन सम्भव होला ? पक्कै पनि हुँदैन,’ उनले भने, ‘यहीँनिर समस्या छ । यो समस्यालाई हल गर्नु छ ।’

ब्याजदरका विषयमा आफूले सम्बन्धित निकायका प्रतिनिधिहरूसँग छलफल गरिरहेको मन्त्री शर्माको भनाइ छ । उनले व्यवसायी, बैंक र अर्थ मन्त्रालयका प्रतिनिधिहरूलाई राखेर आउने हप्ता गम्भीर छलफल गरेर निष्कर्ष निकाल्ने बताएका छन् । ‘त्यसका लागि मैले निर्देशन गरिसकेको छु,’ उनले भने, ‘यसको केही न केही हल निकाल्नैपर्छ ।’ यस्तै, उत्पादनमूलक क्षेत्रलाई आधार दरमा २ प्रतिशत मात्र प्रिमियम जोडेर कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था कडाइका साथ कार्यान्वयनमा ल्याउने पनि उनले बताए ।

बैंकहरूमा पैसा राख्दा १५ प्रतिशतसम्म ब्याज पाइने भएपछि नेपालमा उत्पादनमूलक क्षेत्रमा लगानी हुन नसकेको उनले बताए । उद्योगमा लगानी गर्दा ८/१० प्रतिशत ब्याज आउने तर बैंकमा राख्दा १५ प्रतिशत र जग्गामा लगाउँदा दुई गुणा बढी ब्याज प्राप्त हुने भएपछि उत्पादनमूलक क्षेत्रमा लगानी निरुत्साहित भइरहेको अर्थमन्त्री शर्माको भनाइ थियो ।

बैंक तथा वित्तीय संस्थाले यही असोज एक गतेदेखि निक्षेपको ब्याज बढाएका छन् । जसअनुसार एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको १२.१३ प्रतिशत पुर्‍याएका छन् । त्यस्तै, केही बैंकले रेमिट्यान्समार्फतको निक्षेपमा १५‍.१३ प्रतिशत ब्याज दिने घोषणा पनि गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत केही नयाँ व्यवस्था ल्याएको छ भने केही पुराना व्यवस्थालाई

काठमाडौं । १५ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको छ । विभिन्न सार्वजनिक निकायले कालो

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष हैसियतमा महेश बरालले जिम्मेवारी लिएका छन् । बरालले अर्थमन्त्री बिष्णुप्रसाद पौडेल समक्ष बिहीबार पद

भोजपुर – भोजपुर पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा छिदुवाका २७ वर्षीय युवा सुगम राई व्यावसायिक पशुपालन गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन्