"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संघीय संसदमा पाँच बर्षका कार्यसम्पादन : ९९ विधेयक पारित, ३४ अर्ब रुपैयाँ खर्च

प्रकाशित मिति :  ३१ भाद्र २०७९, शुक्रबार १६:०४


काठमाडौं । संघीय संसदले पाँच बर्षको यो कार्यकालमा ३४ अर्ब रुपैयाँ खर्च गरेको छ । सांसद र कर्मचारीको तलब भत्तासहित नियमित काममा ६ अर्ब ३४ करोड खर्च भएको हो । बाँकी २७ अर्ब ५० करोड विकासका नाममा सांसदहरुलाई बाँडिएको हो । संसद र सांसदहरुका नाममा भएको यो लगानीको प्रतिफल भने आशालाग्दो देखिन्न ।

पाँच बर्षको यो अवधिमा संसदले ९९ विधेयक पारित गरेको छ । अझै एक सयभन्दा बढी कानुन बन्न बाँकी छन । २ पटकसम्म विघटनको प्रयत्नपछि अदालतले पुनर्स्थापना गरे पनि संसदले अपेक्षित काम गर्न सकेन ।

२०७४ साल मंसिर १० र २१ गते भएको निर्वाचनबाट प्रतिनिधि सभाका २ सय ७५ चुनिएका हुन् । राष्ट्रिय सभामा ५९ सदस्य रहने व्यवस्था छ । संसद सचिवालय अन्तर्गत महासचिवसहित ४ सय तथा सांसदहरुका नीजि सचिव र चालकसहित ४ सय ५० जना कर्मचारी छन् ।

तिनको तलब भत्ता,औषधी उपचार, भ्रमण र सेवा सुविधा समेत प्रशासनिक काममा वर्षेनी सरदर एक अर्ब २६ करोड खर्च भएको छ । अर्थात पाँच वर्षमा सांसद र कर्मचारी पाल्न राज्यकोषले ६ अर्ब ३४ करोड रुपैयाँ व्यहोरेको छ । प्रत्येक सांसदले आफ्नो पारिश्रमिक, अधिकृतस्तरको नीजि सचिवका लागि, घरभाडा र अरु सेवासुविधा सहित मासिक एक लाख ५५ हजार ८ सय २० पाउँछन् । संसद चलेको दिन त १२ लाखसम्म दैनिक खर्च हुन्छ । आर्थिक भार बढ्दै गए पनि अनावश्यक खर्च कटौतीमा ध्यान दिइएको छैन ।

सरकार बनाउने र कानुन निर्माण गर्ने थलो हो संसद । तर २०७४ सालदेखि ३ वर्षसम्म सरकारले सांसदलाई २७ अर्ब रुपैयाँ विकास खर्चका नाममा पैसा बाँडेको थियो । सांसदलाई दिइएको रकम तोकिएको कार्यविधि विपरित तथा टुक्रे र कार्यकर्ता पोस्न खर्च गरेको भन्दै चौतर्फी आलोचना भएपछि महालेखाले समेत रोक्न भनेको थियो । दुई बर्षयता त्यस्तो रकम त दिइएको छैन । तर सांसदले नीति निर्माणभन्दा निर्वाचन क्षेत्रमा बजेट पार्न र मतदाता रिझाउन समय खर्च गर्ने प्रवृति उस्तै छ ।

राजनीतिक दाउपेचले संसदलाई कामै गर्न नदिने अनि सेवा सुविधा भने पुरै लिने प्रवृति छ । संसदलाई मुलक र जनताको हितका काममा लगाउन र अनावश्यक खर्च कम गर्न नीति निर्माताले नै सोच्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्नेछ । बैठकमा सभामुख

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रुपमा रहेको संसद् सधैँ बन्धक बन्न नसक्ने

काठमाडौँ । सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको ऊर्जा क्षेत्रको विकास, सम्वर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताको पक्षमा रहेको बताएका छन् । नेपालका