"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चालु आर्थिक वर्ष रेमिट्यान्स २० प्रतिशतले बढ्यो

प्रकाशित मिति :  ३० भाद्र २०७९, बिहीबार १८:१८


काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९/०८० को साउन मसान्तसम्म ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवको सोही अवधिको तुलनामा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.४ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको थियो ।

साउन मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भई ४४ हजार ५४० पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७५.४ प्रतिशतले वृद्धि भई २० हजार ३९० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २८६.१ प्रतिशतले बढेको थियो । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । चालु आर्थिक वर्षबाट प्रतिमहिना औसत एक खर्ब रेमिट्यान्स आउन थालेको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी असार मसान्त भित्र मर्जर भई कारोबार सुरु गर्ने बैंक तथा वित्तीय संस्थालाई थप सहुलियत

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट निर्माण र करका दरहरु हेरफेरमा कुनै घुसपैस नभएको र आधिकारिक व्यक्तिबाट पारदर्शी ढंगले काम

लुम्बिनी । पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच