"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

तिलोत्तमा अनधिकृत संरचना हटाउन १५ दिने अल्टिमेटम

प्रकाशित मिति :  २४ भाद्र २०७९, शुक्रबार १२:२४


बुटवल । काठमाडौं र पोखरा महानगरपालिकाले सार्वजनिक स्थल, सडक तथा फुटपाथ अतिक्रमण गरि निर्माण गरिएका संरचना हटाउन सुरू गरेपछि रूपन्देहिको तिलोत्तमा नगरपालिकाले पनि सडक तथा सार्वजनिक ठाउँमा निर्माण गरिएका अवैध संरचना हटाउन निर्देशन दिएको छ।

नगरपालिकाले सूचना जारी गर्दै आगामी असोज ५ गते भित्र अवैध संरचना र सामग्री  हटाउन नगरबासीमा आह्वान गरेको हो। 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले हस्ताक्षर गरि जारी गरिएको सूचनामा असोज ५ गतेभित्र सार्वजनिक स्थल, सडक तथा फुटपाथमा गरिएको अतिक्रमण नहटाए कानुन अनुरुप नगरपालिका आफैंले हटाउने उल्लेख गरिएको छ।

‘तिलोत्तमा नगरपालिका भित्रका सार्वजनिक स्थल, सडक तथा फुटपाथहरुमा अनधिकृत संरचना निर्माण गरेको र सामग्रीहरु राख्ने गरेको पाइएकोले नियम विपरित निर्माण गरिएका छाप्रा तथा टहरा, फुटपाथमा राखिएका सामग्रीहरु र सडक किनार तथा फुटपाथमा रहेका निर्माण सामग्रीहरु २०७१ साल असोज ५ गते भित्रमा हटाई व्यवस्थित नगर बनाउने अभियानमा सहयोग गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा अघि लेखिएको छ, ‘तोकिएको समयमा टहरा तथा सामग्रीहरु नहटाइएको पाइएमा प्रचलित कानुन बमोजिम हुने व्यहोरा अनुरोध छ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ ।  गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएका नेपाल टेलिकलका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत बनिरहेको बाँकेको सिक्टा सिंचाइ आयोजनामा संलग्न पप्पु कन्स्ट्रक्सन प्रालिलाई नेपाल सरकारले कालोसूचीमा राखेको छ । प्रधानमन्त्री

ताप्लेजुङ) । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा शनिबार एकैदिन छ हजार चार सय ३८ भक्तजन पूजापाठका लागि पुगेका छन् ।

काठमाडौं । विशेष अदालत काठमाडौंले नेसनल गेटवे खरिद प्रकरणमा भएको भ्रष्टाचार मुद्दामा सचिव मधु मरासिनीसहित ८ जनालाई सफाइ दिएको छ।