"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

“व्यवस्थित सहरीकरण र दिगो पूर्वाधार सरकारको प्राथमिकता”

प्रकाशित मिति :  ११ भाद्र २०७९, शनिबार १७:३३


काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थित सहरीकरण र दिगो पूर्वाधारलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्।  

शनिबार संघीय सरकारले बुटवल उपमहानगरपालिका-८ रामनगरमा निर्माण गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दे प्रधानमन्त्री देउवाले सुविधा सम्पन्न सहरी विकास र पूर्वाधारले आर्थिक विकासमा समेत सघाउने भएकाले सरकारले व्यवस्थित सहरीकरण र दिगो पूर्वाधारलाई प्राथमिकतामा राखेको बताए। 

उनले अव्यवस्थित सहरीकरणले बढाएको समस्यालाई ध्यानमा राखेर दीर्घकालीन योजना बनाउन आग्रह गरे। उनले संघीय शासन प्रणाली लागू भएसँगै यसलाई दिगो बनाउन सहरीकरणमा निश्चित मापदण्ड बनाएर अगाडि जानुपर्ने सहरी पूर्वाधारलाई व्यवस्थित बनाउने अबको योजना रहेको जानकारी दिए। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले दीर्घकालीन विकासमा सहयोग पुर्‍याउने उनको भनाइ छ। 

उक्त सम्मेलन केन्द्र दुई चरणमा गरी १ अर्ब ११ करोडको लागतमा निर्माण गरिएको हो। पाँच वर्षअघि निर्माण सुरु भएको केन्द्रमा नेपालको झन्डा आकारमा तयार पारिएको छ। केन्द्रमा एकै पटकमा एक हजार जना मानिस अट्ने सभा हल र बैठक कक्षहरू रहेका छन्। 

९.६ बिगाहा क्षेत्रफल जमिनमा बनेको सम्मेलन केन्द्रमा सभा हलसहित ६ वटा बैठक हल र २ वटा बहुउद्देश्यीय हल तयार भएको छ। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका बेलामा कतार पनि पानी निर्यातको राम्रो गन्तव्य हुनसक्नेमा सरोकारवालाहरूले

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको

काठमाडौँ ।  सभामुख देवराज घिमिरले लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै देशको समृद्धिका निम्ति सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा जोड

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत बनिरहेको बाँकेको सिक्टा सिंचाइ आयोजनामा संलग्न पप्पु कन्स्ट्रक्सन प्रालिलाई नेपाल सरकारले कालोसूचीमा राखेको छ । प्रधानमन्त्री