"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘युवाले देखेको नेपाल’ को परिमार्जित नयाँ संस्करण बजारमा

प्रकाशित मिति :  26 August, 2022 2:08 pm


काठमाडौं । आर सी अधिकारीद्वारा लिखित ‘युवाले देखेको नेपाल’ पुस्तकको परिमार्जित नयाँ संस्करणको बजारमा उपलब्ध भएको छ ।समसामयीक विषयबस्तुमा युवाका बारेमा कलम चलाउने अधिकारीले पहिलो संस्करण पुस्तक प्रकाशीत गरेपछि पाएका सकारात्मक उर्जाका कारण यस पुस्तकलाई थप विषयवस्तु सहित पुन प्रकाशित गर्ने जमर्को गरेको बताए ।

पाठकहरुबाट अत्यन्तै सकारात्मक प्रतिकृया पाए र दोस्रो संस्करण निकाल्न पाउदा खुशि लागेको उनले बताए । पुस्तक पढेर आफुलाई लागेका प्रतिकृया दिन पाठकहरु समक्ष अधिकारीको आग्रह समेत छ ।

अधिकारीले आफ्नो पुस्तकमा हिजो, आज र भोलिका युवा पुस्ताले नेपालबारे कस्तो सोच बनाउछन् ? के नेपालमा भविष्य छ ? युवाहरूको भावनालाई उजागर गर्दै युवाले चाहेको खण्डमा हरेक परिवर्तन सम्भव हुने आसय यस पुस्तकमा उल्लेख गरिएको छ ।

नेपालले धरै राजनीतिक क्रान्तिमा आफ्नो ऊर्जामय समय खर्च गरिसकेको छ । जस्तै- वि.सं. ००७, ०१७, ०४६ र ०६२/६३ को जन(आन्दोलन गर्नेहरू नै अहिले नेतृत्वमा छन् । राजनीतिक व्यवस्था पटक–पटक परिवर्तन भएपनि नेतृत्व आजसम्म परिवर्तन हुननसक्नु दुःखद कुरा हो । हिजो पनि एकजना नेपाली राम्रो र पर्याप्त खान पाउने, न्यानो लगाउन पाउने, एउटा छानोमुनि मिठो निन्द्रा निदाउन पाउने आशमा बस्थ्यो । आज पनि मानिस त्यही सपना साकार हुने आशमा छन् । फरक यत्ति मात्र हो, हिजो बाबुबाजे त्यो सपनाको पर्खाइमा थिए भने आज छोरा नाति । तसर्थ, यस पुस्तकमार्फत् नेपालको राजनीतिक, आर्थिक, सामाजिक, कूटनीतिक र साँस्कृतिक विषयवस्तुको चिरफार गरिएको छ।

पुस्तकले विगत झन्डै ७० वर्ष अघिदेखि वर्तमानसम्मका यावत विषयमाथि निर्मम ढंगले चिरफार र समीक्षा गरेको छ । पुस्तक युवादेखि वृद्धसम्म, नेतादेखि कर्मचारीसम्म, बौद्धिक र प्राज्ञिक वर्ग सबैका लागि उत्तिकै संग्रहणीय रहेको छ । यो पुस्तकलाई विशेषगरी विद्यालय तहको शिक्षामा समावेश गर्न सकेमा बालबालिकाहरूलाई नेपालको राम्रो ज्ञान हासिल हुनसक्छ । नेपालको खम्बा, भविष्यका देश हाँक्ने जमातलाई पुस्तकले राम्रो मार्गनिर्देशन पनि गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलले नक्कली शैक्षिक प्रमाण पेश गरेर सरकारी सेवाको लाभ लिएको अभियोगमा

काठमाडौँ- पहिचान पुरस्कार कोषले यस पहिचान सम्मानबाट साहित्यकार, मुन्धुमविद् एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला पुरस्कृत गर्ने भएको छ। काइँलाले नेपाली

मुलुकको आर्थिक वृद्धिदर कमजोर रहे पनि अर्थतन्त्रका सूचकांकले निराशै हुनुपर्ने अवस्था भने छैन । सरकारले केही नीतिगत सुधारका कदम चालिसकेको