"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कर्णालीको मन्त्रिपरिषद् हेरफेर

प्रकाशित मिति :  २५ श्रावण २०७९, बुधबार १३:०५


सुर्खेत। कर्णाली प्रदेशको मन्त्रिपरिषद् हेरफेर गरिएको छ । मुख्यमन्त्री जीवन बहादुर शाहीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय आफैसँग राख्नु भएको छ । उक्त मन्त्रालयमा माओवादी केन्द्रबाट गैरसांसद छिरिङ डम्डुल लामा (कार्चेन) हुनुहुन्थ्यो । उहाँको ६ महिनाको अवधि सकिएपछि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहीले आफै राख्नु भएको हो । 

प्रदेश प्रमुख तिलक परिवारले मुख्यमन्त्री शाहीको सिफारिसमा मन्त्रिपरिषद् हेरफेर गर्नु भएको प्रदेश प्रमुख कार्यालय निमित्त सचिव भीमराज थानीले जानकारी दिनुभयो । उक्त मन्त्रालय माओवादी केन्द्रका भागमा परेकोले मन्त्रीको नाम टुंगो लगाएर पठाउने विषयमा छलफल भइरहेको जनाएको छ ।   



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सिराहा कर्जन्हाका तत्कालीन नगरप्रमुख गङ्गा पासमानसहित पाँच जनाविरुद्ध एक करोड आठ लाख रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । 

काठमाडौं । सरकारले २२ वटा विभिन्न निर्माण र आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले सार्वजनिक

काठमाडौं । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा. सुनिल कुमार यादवसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । वैदेशिक रोजगार कार्यालय ताहाचल अब दैनिक तीन सिफ्टमा सञ्चालन हुने भएको छ। श्रम स्वीकृतिमा ढिलाइ नगर्न श्रम,रोजगार तथा सामाजिक