"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

युवाले देखेको नेपाल सम्पुर्ण नेपालीले देखेको नेपाल हो

प्रकाशित मिति :  २१ असार २०७९, मंगलवार ०८:४४


आजको समयमा संसार सानो भएको छ, २१ औ शताब्दीको वैज्ञानिक तथा प्राबिधिक युगमा संसारले युगान्तकारी परिवर्तन छोटो समयमानै गरिरहेको अवस्थामा हाम्रो पछ्यौटेपन र बिकासका नाममा वर्षौदेखी थोपरिएको विकासि भासण, मात्र भासण बिकास भयो तर विकास पनि यो अर्थमा कसरी भोट ज्यादा प्राप्त गर्न सकिन्छ ?

सानो गाउले परिबेशमा नेपालको एक पहाडी जिल्लामा हुर्किएका हामि बन जङ्गल, बुट्यान, झर्ना, खोला, ताल, हिमाल, भिर, पाखा, आदि सबै भौगोलिक परिस्थितिले ज्ञान वाल्यापनमै बटुलेका हामि उच्च शिक्षाको दौरानमा भेट भएका थियौ। वाल्यापनमै २०६२/०६३ को जनआन्दोलन र माओवादीको शसत्र आन्दोलन देख्न र भोग्न मात्र नभएर त्यसको प्रतक्ष साछी थियौँ हामि । हाम्रो कलिलो मानसपटलमा बन्दुक र गोला बारुद देखाएर क्रान्तिको कुरा गर्थे, भोलि खुसाहाली लिएर आउने छौँ, धनि गरिब समान बनाउने छौँ, यस्तै यस्तै आदि इत्यादी ।

हाम्रो शिक्षाको दौरानमा समसामयिक विषयप्रति लगाव बढाउदै गयौँ, एकदमै नरम स्वभावा तर देशको राजनीति प्रति हतोत्साहित भएका नागरिक न कुनै भविष्यको ग्यारेन्टी छ, न त भोलिको दिन थाहा छ, अन्योलका बिच यो सानो सहरको वस्ती लोडसेडीग्ङ भए पनि आफ्नै व्यवस्थापनमा उज्यालो पार्ने गर्थ्यो। हामि प्रायः संग संगै हुने गर्थियौँ अनेक समसामयिक विषय माथि चर्चा र विमर्श हुन्थियो, हामि खाडी देखि झाडीसम्मका कुरा गर्थौँ, आन्तरिक र वाह्य वातावाणका साथै परराष्ट्र नीतिका कुरा गर्थौँ, क्षेत्रीय संगठन, ब्यापार संगठन देखि लिएर संयुक्त राष्ट्रसंग आदि र यसका प्रभावका बारेमा विचार विमर्श गर्थौँ ।

विभिन्न किसिमका गोष्टि, सभा, समारोहमा प्रायः जसो सामेल हुने समसामयिक विषयवस्तुमाथि समीक्षा गर्ने र आजको समस्याको वारेमा समाधान सहितको आलोचनात्मक व्याख्या गर्ने हाम्रो दैनिकी जस्तो बनेको थियो। आज हाम्रो अवस्थाको र हाम्रो देशको अवस्थाको बारेमा यो पुस्तकमा चर्चा, विमर्स गरिएको छ। वर्षेनि देखि शासक फेरीए शासकका नाममा अनुहार फेरीए तर जनताको मुहारमा हासो र खुशी देख्न पाइएको छैन ।

इतिहासको कुनै कालखण्डमा हिमाल, बौद्ध, किराँतलगायत थुप्रै दर्शन दिएर विश्वलाई नै ज्ञान र चेतना बाड्दै सभ्यताको पाठ सिकाएको नेपाल आज गरिबी, भोकमरी, भ्रष्टाचार, अन्धविश्वास लगायत अनेकौं गोलचक्रको समस्यमा फसेको छ । हिजो पनि एकजना नेपाली राम्रो र पर्याप्त खान पाउने, न्यानो लगाउन पाउने, एउटा छानोमुनि मिठो निन्दा निदाउने आशामा बस्थ्यो। आज पनि त्यहीँ सपना साकार हुने आशामा छन् । ७० वर्ष अगाडि पनि समस्या थिए, अहिले पनि जस्ताको त्यस्तै छन् । फरक यतिमात्र हो हिजो बाबुबाजे त्यो सपनाको पर्खाइमा थिए भने आज छोरानाति । सपना बाडनेहरु धेरै पटक सत्तामा आइरहे। तर, निमुखा जनताबारे न सत्तामा जाने नै चिन्तित भए, न त सपना बाडनेहरु नै त्यसलाई साकार पार्न लागे । नयाँ कुरा त बनेन नै, भएका पनि रहन सकेनन् ।

मुलुकमा लामोसमयदेखि विभिन्न किसिमका बिद्रोह, आन्दोलन गरिएपनि आम जनताको दैनिकी जस्ताको त्यस्तै, हजारौं शहीदहरूले बलिदान दिए तर शहिदका सपना अधुरै रहे, नेपालको आर्थिक अवस्था, व्यापार तथा वार्णिज्यको अवस्था, देशको नेतृत्व र विकासमा युवा, नेपालको संघीय प्रणाली, नेपालमा किन विकास भएन, को हो विकासको बाधक ?, देशको राजनीतिक प्रणाली र चरित्र, नेपालको बजेट, स्वास्थ्य, शिक्षा, निर्वाचन प्रणाली, विकास र पूर्वाधार प्रणाली, परराष्ट्र नीति र भष्ट्राचारको अवस्था र समाधानको वारेमा चर्चा गरिएको यस पुस्तकमा सरल भाषामा प्रस्तुत गरिएको छ ।

आम मानिस जो कोहि पनि यस ठाउमा आफुलाई सामेल गराएर गर्वका साथ् म नेपालि हु भन्न चाहन्छ, देशको नेतृत्व लिन चाहन्छ, देशको समृद्धिको लागि काधमा काध थाम्न चाहन्छ, आफु र आफ्ना देशवासीको लागि एक युवा खुसिहालिसहितको एक विकसित र सम्पन्न देश बनाउन चाहन्छ । तर यी देखिने दिवा सोप्न मात्र भएका छन्, आम मानिस राजनीति प्रति घृणा गर्दछन, राजनीतिमा आफुलाई सामेल गराउन चाहदैनन्, यसलाई तिरस्कृत रुपमा चित्रण गर्न थालिसकेका छन् । हुनपनि राजनीतिलाई पेसाको रुपमा लिएका कारण आजको समयमा राजनीतिको दुर्गन्ध आउनु स्वाभाविक नै हो ।

तर यति हुदा हुदै पनि एक आम मानिस एक युवा देश प्रेमको भावनाले देश विकासको भावनाले, देशलाई समृद्ध बनाउन युवा नै अग्रसर हुनुपर्छ भन्ने भावनाले समग्र राजनीति र देशको अवस्थाको चित्रण गरिएको यस पुस्तकमा राजनीति बारे ज्ञान, बेरोजगारीको अवास्था, देशको बजेट, शासन प्रणाली आदिका वारेमा थाहा पाउन सकिन्छ र यसैका माध्यमबाट युवालाई राष्ट्रप्रति जिम्मेवार रहन हौसला प्रदानका साथसाथै देशप्रति आम मानिसको आक्रोस र केहि गरौँ भन्ने जागरुकता प्रदान गर्दछ ।
आजको समयमा हामि आम मानिस, हामीले हाम्रो नैतिकता भुल्दै गयौँ, समाजप्रतिको हाम्रो दायित्व, हाम्रा कर्तव्य सबै हामीले भुलिसकेको जस्तै भएको छ, हाम्रो घर परिवार, समुदाय, समाज भन्दा पनि सर्बोपरी हाम्रो देश हो त्यसकारण हरेक क्षेत्रबाट हामीले हाम्रो नेतृत्व लिएर राष्ट्रलाई संसारमाझ चिनाउने जिम्मेवारी हाम्रो हो, हामि युवाको हो, भनिन्छ फलाम पनि चोट सहेपछी एक धारिलो हतियार मा परिणत हुन्छ, तसर्थ युवा त्यो तागत हो जसले हिम्मत गर्न सक्छ लड्न सक्छ र सम्पूर्ण युवा साथीहरूमा यो पनि अनुरोध देशको नेतृत्व युवाले लिनुपर्छ र त्यो कसैले बक्सिस दिएर हैन देश र जनताको खुसिहालीका लागि यो आट, साहस आम हामि युवाले गर्नुपर्छ ।
अन्त्यमा यस किताबका लेखक मेरो आत्मीय साथि आर सी अधिकारिलाई बधाई तथा शुभकामना ! जो युवाका उत्पेरणाका श्रोत बनेका छन् र यस कितावले युवा वर्गलाई साहस, तागत दिन्छ र देश, जनता, राजनीति लगायत सम्पूर्ण बिषयमाथि ज्ञान आर्जन गर्न सकिन्छ । यो पुस्तक सबै नेपालीले एकपटक पढ् नै पर्ने पुस्तक हो ।तसर्थ, युवाले देखेको नेपाल सम्पुर्ण नेपालीको नेपाल हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सार्वजनिक क्षेत्रमा वित्तीय जवाफदेहीताको माध्यम मात्र होइन कि बजेट निर्माण आम सरोकारको विषय पनि हो । त्यसो त बजेट भनेको

सङ्घीय संसद्को निर्वाचन भएपश्चात् एक वर्षमा दुई अधिवेशन सकिएर तेस्रो अधिवेशनको तयारीमा छ सरकार । जनताबाट निर्वाचित भएर संसद्मा आएका

सन् २०२४ मा ७६ देशमा हुने निर्वाचनमा विश्वको आधाभन्दा धेरै जनसङ्ख्याले तिनीहरुको स्थानीय नगरप्रमुखदेखि केन्द्रीय प्रतिनिधि अर्थात राष्ट्रपति, प्रधानमन्त्री, चान्सलर

नेपालले अर्थतन्त्रको आकार बढाउनुपर्नेछ। नयाँ अवसर र सम्भावनाको खोजी गर्नुपर्ने आवश्यकता छ। नयाँ-नयाँ रोजगारी सृजना गर्दै आर्थिक गतिविधि बढाउनुपर्नेछ। अर्थतन्त्रमा