"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एघार महिनामा ३६ लाखको दही र ५० लाखको चिउरा भित्रियो

प्रकाशित मिति :  १५ असार २०७९, बुधबार १४:३८


काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट ३६ लाख रुपैयाँको दही र ५० लाख रुपैयाँको चिउरा भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालूवर्षको ११ महिनाको अवधिमा उक्त मूल्य बराबरको दही र चिउरा भित्रिएको हो ।

यसअवधिमा नेपालमा विदेशबाट नेपालमा १६ हजार किलो दही आयात भएको छ । उक्त परिमाणको दही आयात गर्दा ३६ लाख रुपैयाँ बाहिरिएको छ । यस्तै, यसबापत आयातकर्ताले सरकारलाई १० लाख ९५ हजार रुपैयाँ भन्सार राजश्व बुझाएका छन् ।

नेपाल भित्रिएको दहीमध्ये स्पेनबाट सबैभन्दा धेरै भित्रिएको छ । स्पेनबाट मात्रै नेपालमा ११ महिनाको अवधिमा ३१ लाख ३० हजार रुपैयाँ बराबरको ८ हजार ५१३ किलो दही भित्रिएको छ । यसपछि बंगलादेशबाट ४ लाख ८० हजार रुपैयाँको र भारतबाट ३६ हजार रुपैयाँको दही आयात भएको छ । 

यसअवधिमा, विदेशबाट १ लाख २० हजार किलो चिउरा भित्रिएको छ । यसको मूल्य ५० लाख रुपैयाँ हुन आउँछ । यस्तै, व्यापारीले चिउरा आयात गरेबापत राज्यलाई ७ लाख ६५ हजार रुपैयाँ भन्सार शूल्क बुझाएका छन् । र, यस अवधिमा नेपाल भित्रिएको सबै चिउरा भारतबाट मात्रै भित्रिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेटमा समेट्नु पर्ने विषयबारे अर्थविद्हरूसँग राय लिएका छन् ।

काठमाडौँ । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका बेलामा कतार पनि पानी निर्यातको राम्रो गन्तव्य हुनसक्नेमा सरोकारवालाहरूले

काठमाडौँ  । कोरोना महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्र वर्ष २०८० मा सुधारोन्मुख रह्यो। पर्यटक आगमनमा उल्लेख्य सुधार देखियो भने पर्यटकीय

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ्ग प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म