"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमालेले अबदेखि संसद अवरोध नगर्ने

प्रकाशित मिति :  18 May, 2022 7:44 am


काठमाडौँ । नेकपा एमालेले संसदको अवरोध हटाएको छ। एमालेले २०७८ साल भदौ २३ गतेदेखि सुरु गरेको संसदको अवरोध अन्त्य गरेको हो। एमालेले झण्डै ९ महिनापछि संसदको अवरोध खुलाएको हो। एमालेले नेपालको इतिहासमै सबैभन्दा धेरै दिन अर्थात् १४३ दिनसम्म संसदको बैठक अवरोध गरेको थियो।एमालेले आफ्नो पार्टी विभाजन गर्न अध्यादेश ल्याइएको र सभामखुले आफ्नो पार्टीले कारवाहीका लागि सिफारिस गरेका सांसदहरुलाई नहटाएको दाबी गर्दै लामो समय वेल घेराउ र नाराबाजी गर्दै विरोध गर्दै आएको थियो।

अवरोध अन्त्य गरेपछि संसदको रोष्टमबाट बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले मुलुकको राजनीति फरक कोर्समा गइसकेको उल्लेख गर्दै संसदमा अवरोध र विरोध फरक ढंगले गर्ने बताए।

ज्ञवालीले निर्वाचनमा जनताले उचित ढंगले फैसला गरेको टिप्पणी समेत गरेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन