"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रचण्डको अभिव्यक्तिप्रति निर्वाचन आयोगको छानबिन

प्रकाशित मिति :  8 May, 2022 6:35 pm


काठमाडौं । भरतपुर महानगरपालिकामा रेनु दाहाल निर्वाचित नभए देश दुर्घटनामा जान्छ भन्ने पुष्पकमल दाहालको अभिव्यक्तिप्रति निर्वाचन आयोगले जाँचबुझ थालेको छ ।

प्रचण्डको भनाइबारे प्रमुख प्रतिपक्षी दल एमालेले प्रश्न उठाउनुका साथै उजुरीसमेत परेपछि आयोगले आन्तरिक रुपमा छानविन थालेको हो ।

‘आफ्नो दलको उम्मेदवार निर्वाचित नभए देश दुर्घटनामा जान्छ भन्ने अभिव्यक्ति प्रत्यक्षरपरोक्ष रुपमा धम्की हो भन्ने देखिन्छ । मतदाताहरुलाई यसरी धम्क्याउनु आचारसंहिता विपरीत हो भनेर उजुरी परेको छ’ आयोगस्रोतले भन्यो, ‘हाम्रो टोलीले प्रमाण जुटाई अनुसन्धान थालेको छ । सरसर्ती हेर्दा यस्तो अभिव्यक्ति स्वभाविक देखिँदैन । अध्ययन गरेर बेलुकीसम्म केही निष्कर्षमा पुग्छौं ।’

दाहालले भरतपुरमा भएको सत्ताधारी गठबन्धनको निर्वाचन सभामा आफ्नी छोरीसमेत रहेकी माओवादी केन्द्रकी उम्मेदवार दाहाल निर्वाचित नभए देश दुर्घटनामा जाने चेतावनी दिएका थिए ।

उनको त्यो चेतावनीको चौतर्फी आलोचना भएको थियो । मतदातालाई धम्क्याएको र भयरहित निर्वाचनको वातावरण विथोलेको भन्दै उनी विरुद्ध उजुरी परेको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन