"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विप्लवसँग एकता गर्ने माओवादी निर्णय

प्रकाशित मिति :  4 August, 2025 9:29 pm


काठमाडौँ – माओवादी केन्द्रले पोखरामा पुगेर रोकिएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई भदौ १५ गतेदेखि सुरु गर्ने भएको छ। अभियान ताप्लेजुङमा अन्त्य गर्ने निर्णय भएको सोमबार पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। यस्तै दसैँ र तिहारको बीचमा केन्द्रीय समिति बैठक आह्वान निर्णय भएको छ।

बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग पार्टी एकता गर्ने निर्णय गरेको छ। सापकोटाले नेकपा एकीकृत समाजवादीसँग पनि एकताका बारेमा छलफल भइरहेको जानकारी दिए। सापकोटाका अनुसार बैठकले गुटउपगुट र स्वार्थ समूह विघटनका साथै अनुशासन बाहिरका गतिविधि गर्ने नेता तथा कार्यकतालाई कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ। यसैगरी पार्टीभित्रको गुट उपगुटका बारेमा अनुगमन गर्न तल्ला कमिटीसम्म विभिन्न समिति बनाउने निर्णय भएको छ।

स्थायी कमिटीले पार्टीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आचारसंहिता र नियमावली निर्माण गर्ने तथा पार्टीलाई विधि पद्धति र प्रक्रियामा सञ्चालन गर्ने निर्णय छ। बैठकमा पार्टीका उपमहासचिव जनार्दन शर्माले आफूले उठाएका विषयलाई पार्टीभित्र विस्तृत रुपमा छलफल गर्न सहमत भएको र बैठकको निर्णयमा हस्ताक्षर गर्न समेत सहमत भएको प्रवक्ता सापकोटाले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन

काठमाडौं – सरकारले पछिल्लो पटक बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार