"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बालुवाटारमा कांग्रेस-एमाले शीर्ष नेताहरूविच छलफल

प्रकाशित मिति :  31 July, 2025 6:54 pm


काठमाडौं – सत्ता साझेदार दुई दलका शीर्ष नेताहरूबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ। नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल तथा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखकबीच कुराकानी भएको हो।

उक्त छलफलमा महान्याधिवक्ता रमेश बडाल पनि सहभागी थिए। छलफलको मुख्य एजेन्डा बागमती प्रदेश सरकारमा देखिएको विषय हो। यहाँ कांग्रेसका ५ जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् भने बुधबार मुख्यमन्त्री लामाले ३ जना मन्त्री नियुक्त गरे पनि शपथ भएको छैन। प्रदेश प्रमुख बिरामी भएर काठमाडौं आएपछि नवनियुक्त मन्त्रीहरूको शपथ रोकिएको अवस्था छ।

साथै बागमती कांग्रेस संसदीय दल नेता परिवर्तन भएको छ। मुख्यमन्त्री बहादुर सिं लामा तामाङलाई हराएर प्रदेश सभापतिसमेत रहेका सांसद ईन्द्रबहादुर बानियाँ संसदीय दल नेता बनेका छन्।

११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसका ३७ जना सांसद छन्। बुधबार संसदीय दल नेता चुनाव हुँदा बानियाँका पक्षमा २२ र लामाका पक्षमा १४ जना र एक मत बदर भएको थियो। बानियाँ संसदीय दल नेता बनिसके पनि उनी मुख्यमन्त्री हुन पाउने वा नपाउने अझै प्रष्ट भइसकेको छैन।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुशीला कार्की नेतृत्वको सरकारमा चार जना मन्त्री थपिएका छन्। उनीहरू चारैजनाले शुक्रबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको

काठमाडौं – सरकारले भदौ २३ र २४ गते भएको घटना जाँचबुझ आयोगको कार्यादेश थप गर्ने निर्णय गरेको छ । सरकार

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले जनआन्दोलनको मान्यता दिने भएको छ । बुधबार साँझ