"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारले राख्यो चार कम्पनी कालोसूचीमा

प्रकाशित मिति :  7 July, 2025 11:53 am


काठमाडौं – सार्वजनिक खरिद अनुगमन कार्यालयले चार कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज सूचना जारी गरेर दिएको जानकारी अनुसार लुना खरेल मुख्य व्यक्ति भएको काठमाडौंको ग्रीन लिफ प्रालि, राधेश्याम झा मुख्य व्यक्ति भएको धनुषाको शिवम् कन्स्ट्रक्सन, रघुनाथ कुमार ठाकुर मुख्य व्यक्ति भएको काठमाडौंको डि.जी. इगल कन्स्ट्रक्सन र मुन्नी कुमारी मेहता मुख्य व्यक्ति भएको सुनसरीको थोमस कन्स्ट्रक्सन एण्ड सप्लायर्स कालोसूचीमा परेका हुन् ।

यी चारवटै कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । काम सन्तोषजनक नभएका कारण कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

ग्रीन लिफ प्रालिलाई सुनसरीको बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिठानले र शिवम् कन्स्ट्रक्सनलाई महोत्तरीको गौशाला नगरपालिकाको कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेका थिए ।

यसैगरी रौतहटको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयको सिफारिसमा डी.जी. इगल कन्स्ट्रक्सन र शहरी विकास तथा भवन कार्यालय विराटनगरको सिफारिसमा थोमस कन्स्ट्रक्सन एण्ड सप्लायर्स कालोसूचीमा परेका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना खुलेको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै नेपाल प्रहरीले

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

ओखलढुंगा भूगोलको हिसाबले एक पहाडी जिल्ला हो । पूर्वमा खोटाङ, पश्चिममा रामेछाप, उत्तरमा सोलुखुम्बु र दक्षिणमा सिन्धुली र उदयपुर जिल्लाले

काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलले नक्कली शैक्षिक प्रमाण पेश गरेर सरकारी सेवाको लाभ लिएको अभियोगमा