सि.टि. स्क्यान साच्चिकै आवश्यक छ ?

सिटि स्क्यान आधुनिक चिकित्साको एक अनिवार्य अङ्ग बनिसकेको छ । आज हरेक अस्पताल र धेरै क्लिनिकहरूमा उपलब्ध सिटि स्क्यानले शरीरभित्रको तस्बिर छिटो र स्पष्ट रूपमा हेर्न सहयोग गर्छ । यस प्रविधिको माध्यमबाट क्यान्सर, स्ट्रोकदेखि लिएर आन्तरिक चोटपटकसम्मको पहिचान छिटो र प्रभावकारी ढंगले गर्न सकिन्छ ।
तर, नयाँ अध्ययनले यो प्रविधिमा बढ्दो निर्भरता सँगै लुकेको मूल्य चुकाउनुपर्ने अवस्था पनि आउन सक्छ भनि देखाएको छ। यदि चिकित्सकले अथवा आफैले गराउन खोज्दै हुनुहुन्छ भने पहिले यी कुरा बुझ्नुहोस र चिकित्सकस सल्लाह लिनुहोस् ।
सि.टी. स्क्यान एक महत्वपूर्ण आयोनाइजिङ विकिरण (Ionizing Radiation) निकाल्ने उपकरण हो यसको प्रयोग निश्चित अवस्थामा मात्र प्रयोग गर्नु पर्दछ । नत्र यसबाट प्राप्त हुने विकिरणले शरीरलाई हानी पुर्याउन सक्छ । नयाँ अध्ययनहरुले सि.टी. स्क्यानबाट प्राप्त विकिरणले केही अवस्थाहरुमा क्यान्सरको जोखिम बढाउन सक्छ भनेर औल्याईएको छ।
अमेरिकामा भएको एउटा अध्ययनले (JAMA Internal Medicine) सन २०२३ मा ९३ मिलियन सि.टी. स्क्यान भएका मध्ये एक लाखलाई भविष्यमा क्यान्सर हुन सक्ने भनि औल्याएको छ । र, यो नयाँ क्यान्सर हुने मध्येमा करिब पाँच प्रतिशत हो भनि देखिएको छ ।
क्यालिफोर्निया विश्वविद्यालयले गरेको अर्को अध्ययनमा सबैभन्दा धेरै विकिरण छाती र पेटको सि.टी. बाट प्राप्त हुने र क्यान्सरको जोखिम पनि बढाउने भनि देखाईएको छ। सरदर ९३० जनामा गरिएको त्यस्तो सि.टी. स्क्यानमा एक जनालाई (रगत, फोक्सो, आन्द्रा, ब्रेष्ट र मूत्रथैली) क्यान्सर हुने गरेको पाईन्छ । जुन सि.टी. नगरेको भए नहुन सक्ने थियो भनी सोही अध्ययनले प्रस्ट रुपमा जनाएको छ।
एउटा सि.टि. स्क्यानबाट हुने जोखिम न्यून हुन्छ – तर शून्य भने हुँदैन । बिरामी जतिजति कम उमेरका हुन्छन्, जोखिम त्यति नै बढी हुन्छ । बालबालिका र किशोरकिशोरीहरू विशेष रूपमा संवेदनशील मानिन्छन्, किनभने उनीहरूको शरीर अझै विकासको क्रममा हुन्छ । आयोनाइजिङ विकिरणबाट हुनसक्ने क्षतिको असर धेरै वर्षपछि मात्र देखिन सक्छ ।
एक प्रतिष्ठित संस्था Lancet Oncology Institute ले १५ वर्ष भन्दा लामो समय लगाएर गरेको अनुगमन तथा अध्ययनले सि.टी. स्क्यानबाट प्राप्त हुने विकिरण जोखिमपूर्ण भनि औल्याएको छ। ९ यूरोपेली राष्ट्रका २२ वर्षभन्दा कम उमेरमा एकपटक टाउको अथवा घाँटीको सि.टी. गरेका करिव ६५००० जनालाई अनुगमन गर्यो। १५ वर्षको अनुगमन र अनुसन्धानले सि.टी. को विकिरण र मष्तिष्क (टाउको) क्यान्सर हुने जोखिम बीच स्पष्ट सम्बन्ध रहेको देखाएको छ ।
साथै यो खतरा बारम्बार गरिएकोमा मात्र नभई एक पटक सि.टी. गरिएकाहरुमा पनि देखिएको छ । सोही अध्ययनमा १०,००० बालबालिका मध्ये एकमा सि.टी. स्क्यान पछि क्यानसरको विकास भएको पत्ता लागेको छ । झट् हेर्दा यो सामान्य संख्या हुन सक्दछ तर यस्ता थप अध्ययनहरु भएमा परिणामहरुले डर लाग्दो अवस्था देखाउन सक्ने भनि वैज्ञानिकहरु चिन्तित देखिन्छन ।
अध्ययन नै कम भएको र विकिरणको चेतना कम भएको हाम्रो जस्तो देशको अवस्था कस्तो छ ? नियममन गर्ने संस्था नै नभएको हाम्रो जस्तो अविकसित देशमा जोखिमबाट बच्न हामी सबै भूमिका रहन्छ ।
तसर्थ, चिकित्सकहरुसँग राम्रोसँग सल्लाह लिल्नुहोस । यदी सम्भव छ भने वैकल्पिक तरिकाबाट समाधान खोजिनु पर्दछ । चिकित्सकिय दृस्टिले न्यायोचित ठहरिनु । हरेक सिटी स्क्यान गर्नु अघी यसको आवश्यकताका बारेमा उल्लेखित प्रश्नहरु गर्न आग्रह गर्दछु ।

सि.टी. स्क्यानको भूमिका महत्वपूर्ण भएतापनि यसको प्रयोग विचार गरेर मात्र गर्नु पर्दछ । सिटि स्क्यानको मद्द्तले जीवन बचाउन सकिन्छ।, तर यो पूर्ण रूपमा जोखिम रहित होइन । जति चिकित्सा प्रविधिको विकास हुँदै गएको छ, त्यससँगै यसको प्रयोग गर्ने तरिकामा पनि सुधार आवश्यक छ ।अनावश्यक स्क्यानहरू कम गरेर, सम्भव भएमा सुरक्षित विकल्पहरूको प्रयोग गरेर, र विकिरणको मात्रा न्यूनतम राखेर सिटि स्क्यान प्रयोग गर्नु पर्दछ ।