"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘काल्पनिक’ विद्यालयका नाममा योजना पारेर भ्रष्टाचार गर्ने ४ जनाविरुद्ध मुद्दा दर्ता

प्रकाशित मिति :  १९ असार २०८२, बिहीबार २३:०३


काठमाडौँ – डोल्पाको दुनैस्थित ‘काल्पनिक’ दुर्गा प्राथमिक विद्यालयको नाममा ७ लाख ६० हजार रुपैयाँ हिनामिना गरेको अभियोगमा चार जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार दुर्गा प्रा.वि. नामक विद्यालय कुनै पनि बेला सञ्चालनमा नरहेको पुष्टि भएको अवस्थामा समेत त्यसै नाममा २ कोठे भवन निर्माणको योजना बनाएर रकम निकासा गरिएको थियो ।

आर्थिक वर्ष २०६७/६८ मा तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट आएको भनिएको रकम विद्यालय भवन निर्माणमा खर्च गरिएको नक्कली विवरण तयार पारिएको पाइएको हो ।

मुद्दामा जिल्ला प्राविधिक कार्यालय, दुनै डोल्पाका तत्कालीन प्रमुख इन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढालाई प्रतिवादी बनाइएको छ ।

उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन अनुसार कैद, जरिवाना र बिगो असुलसहितको सजाय माग गर्दै आयोगले मुद्दा दायर गरेको हो । चारै जना प्रतिवादीहरूमाथि समानरूपमा रु. ७ लाख ६० हजारको बिगो माग गरिएको आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – घुस खाएको आरोप लागेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । केही दिनअघि मन्त्री

काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद गगन थापाले घुस काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई

काठमाडौँ– नेकपा माओवादी केन्द्रका सांसदहरुले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणमा सरकारको जबाफ माग गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा धारणा

सत्तारूढ नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्मा पार्टीभित्र महामन्त्री छन्। कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट राजनीति सुरू गरेका उनी