"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालद्धारा इन्डोनेसियाविरूद्ध ऐतिहासिक लक्ष्य प्रस्तुत

प्रकाशित मिति :  १५ असार २०८२, आईतवार १२:३३


काठमाडौँ – एसीसी मेन्स यू १६ इस्ट जोन कप २०२५ को आफ्नो तेस्रो खेलमा नेपालले इन्डोनेसियाविरूद्ध ४२१ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेको इन्डोनेसियाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ४२० रन बनाएको हो।

नेपालका लागि ओपनिङ ब्याटर प्रसिद्ध जैशीले शतक प्रहार गरे। उनले १३२ रनको योगदान गरे। ११४ बल खेलेका प्रसिद्धले १५ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर परिमार्जन यादवले ७१ रन बनाए। उनले २८ बलमा ४ चौका र ८ छक्का प्रहार गरेका थिए। प्रसिद्ध र परिमार्जनबीच पहिलो विकेटका लागि १० ओभरमा १३० रनको साझेदारी भएको थियो।

शिवान्स बजगाइँ ४ रनमा आउट भएका थिए। त्यसपछि रौनक श्रीवास्तवले पनि उत्कृष्ट ब्याटिङ गरे। रौनकले ७१ बलमा ८ चौका र २ छक्काको मद्दतमा ८८ रन बनाए।

जय थापाले ४१ बलमा ५७ रन बनाए। यस्तै सुगम बुढाथोकीले नटआउट ३९ रन र रोशन शाहीले नटआउट १० रन जोडे।

यसअघि नेपालले समूहमा जापान र सिंगापुरलाई पराजित गर्दै लगातार दुई जित निकालेको थियो। आज जित निकाले नेपाल एक खेलअघि नै सेमिफाइनल पुग्नेछ। नेपालले अन्तिम खेलमा असार १७ गते भुटानसँग खेल्नेछ।‍ प्रतियोगिताको सेमिफाइनल असार १९ र फाइनल असार २१ मा हुनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- टी २० विश्वकप एसिया छनोटका लागि ३२ क्रिकेटरलाई प्रशिक्षणमा बोलाइएको छ।नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार आदिल सहित ३२ क्रिकेटरलाई

काठमाडौँ — काठमान्डु गोर्खाजले आउँदो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि मोन्टी देसाईलाई आफ्नो प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ ।

काठमाडौँ- उज्बेकिस्तानसँग पेनाल्टी सुटमा हार व्यहोर्दा नेपाली महिला टोलीको एएफसी एसियन कप पुग्ने सपना चकनाचुर भएको छ। झन्डै ३ दशकपछि एसियन

काठमाडौँ- एएफसी महिला एसियन कप छनोटमा आइतबार नेपालले लाओसलाई ९–० ले पराजित गरेको छ। कप्तानी सम्हालेकी सावित्रा भण्डारी ‘साम्बा’ले एक्लैले चार