"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसका बागी पार्टीबाट स्वत : निष्कासित

प्रकाशित मिति :  30 April, 2022 11:35 am


काठमाडौँ । बागी उम्मेदवार बनेका नेता–कार्यकर्तालाई कांग्रेसले साधारण सदस्यबाट पनि निष्काशित गरेको छ । त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकाहरू पनि स्वतः पार्टीबाट निष्कासित हुने कांग्रेसले जनाएको छ ।

‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता विधानको व्यवस्थाबमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासित हुने व्यहोरा जानकारी गराइन्छ,’ कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार दिउँसो जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

यसअघि कांग्रेसले एमालेसँग तालमेल गरेर स्वतन्त्र उम्मेदवार उठाएको भन्दै डडेल्धुराका पूर्वसभापति कर्ण मल्ललाई निष्कासित गरेको थियो । कांग्रेसको विधान, २०१७ को धारा उपधारा ४ ९१३० मा ‘कुनै पनि निर्वाचनमा पार्टीले प्रस्तुत गरेको आधिकारिक उम्मेदवारको विरुद्ध उम्मेदवार भएमा वा त्यस्ता विद्रोही उम्मेदवारको प्रस्तावक–समर्थक भएमा पार्टी सदस्यता पार्टी सदस्यता स्वतः निष्कासित हुने’ व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन