"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पोखरा–जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

प्रकाशित मिति :  28 June, 2025 12:22 pm


मुस्ताङ – बर्खायाममा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीहरूले पोखरा–जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

उक्त रुटमा नियमित उडान भर्दै आएको तारा एयरलाइन्सको ट्वीनअट्टर जहाजले यही असार २ गतेदेखि दुई महिनाका लागि उडान स्थगित गरेको कम्पनीका जोमसोम स्टेसन इन्चार्ज सुजन लालचनले जानकारी दिएका छन् । उनका अनुसार तारा एयरलाइन्सले आगामी सेप्टेम्बरको पहिलो साताबाट पुनः उडान सञ्चालन गर्नेछ ।

‘हवाई यात्रु घटेको र मौसम प्रतिकूल भएको कारणले तारा एयरलाइन्सले उडान स्थगित गरेको हो, नयाँ सिजन सुरु भएपछि उडान फेरि सुरु हुन्छ,’ इन्चार्ज लालचनले बताए ।

समिट एयरलाइन्सले पनि यही असार २० गतेदेखि दुई महिनाका लागि पोखरा–जोमसोम हवाई उडान बन्द गर्ने जनाएको छ । जोमसोमस्थित समिट एयरलाइन्सका स्टेसन इन्चार्ज सुमन थकालीले एक हप्तापछि दुई महिनाका लागि उडान बन्द गर्ने निर्णय भएको जानकारी दिए ।

‘हाल यस रुटमा दैनिक एउटा मात्रै उडान भइरहेको छ, हवाई यात्रु पनि घट्दै गएका छन्,’ इन्चार्ज थकालीले बताए ।

जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलका अनुसार मनसुन सुरु भएसँगै हवाई यात्रु घटेका छन् । उनका अनुसार तारा एयरलाइन्सले उडान स्थगित गरिसकेको छ भने समिट एयरलाइन्सले पनि केही दिनमै उडान स्थगित गर्ने जानकारी दिएको छ ।

बर्खायाम सुरु भएसँगै हवाईमार्ग मात्र होइन, सडकमार्गबाट जोमसोम आउने यात्रुको सङ्ख्या पनि घटेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना खुलेको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै नेपाल प्रहरीले

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

ओखलढुंगा भूगोलको हिसाबले एक पहाडी जिल्ला हो । पूर्वमा खोटाङ, पश्चिममा रामेछाप, उत्तरमा सोलुखुम्बु र दक्षिणमा सिन्धुली र उदयपुर जिल्लाले

काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलले नक्कली शैक्षिक प्रमाण पेश गरेर सरकारी सेवाको लाभ लिएको अभियोगमा