"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मकैमा फौजी कीराको समस्याले किसान चिन्तित

प्रकाशित मिति :  ८ असार २०८२, आईतवार २१:१९


बैतडी – बैतडीको प्रमुख खाद्यबालीका रूपमा रहेको मकैमा अमेरिकन फौजी कीराको समस्या देखिएपछि किसान चिन्तित भएका छन् ।कृषि ज्ञान केन्द्रका प्रमुख हरिदत्त जोशीका अनुसार दोगडाकेदार र शिवनाथ गाउँपालिकामा फौजी कीराले मकैबाली नष्ट गर्न थालेको छ । उनले मकै बालीमा कीराको समस्या देखिएको गुनासो आएको र विषादी वितरण गर्न थालिएको बताए ।

केन्द्रले यसअघि नै इमामेक्टिन वेन्जोएट नामक विषादी वितरण गरिरहेको छ । हाल भने कृषि ज्ञान केन्द्रमा पनि उक्त विषादी अभाव छ । कीराले मकैको बोट सखाप पार्ने गरेको दोगडाकेदार –७ का दीपेन्द्र कार्कीले बताए। उनले भने, ‘फौजी कीराले मकैबाली सखाप पारेको छ । उत्पादनमै कमी हुने देखिन्छ।’ लामो समयसम्मको खडेरीका कारण फौजी कीरा बढी सक्रिय भएको हो ।

दिनभरि मकैको बोटमा लुक्ने र रात परेपछि मकैको घोघा, डाँठ, पात र टुप्पा खाएर थोरै समयमा बाली नष्ट गर्ने गरेको दोगडाकेदार गाउँपालिकाका कृषि शाखा प्रमुख सुरेश भट्टले बताए । उनले भने, ‘फौजी कीरा देखिएका स्थानका किसानलाई हामीले विषादी छर्किन सुझाव दिएका छौँ।’ मकैको पकेट क्षेत्रमा नै कीराले नोक्सान गरेको छ ।

पाँच वर्षयता हरेक वर्ष फौजी कीराको समस्या देखिने गरेको छ । बैतडीमा १३ हजार हेक्टर क्षेत्रमा मकैखेती गरिँदै आएको छ ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आर्थिक वर्ष ०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गरेका छन् । अघिल्ला वर्षहरूमा प्रायः

प्युठान – धान हुने खेती प्युठानको झिमरुक फाँटमा पछिल्लो समय ड्रागन फ्रुट फल्न थालेको छ । करिब १५ रोपनी क्षेत्रफलमा

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ । यो अवार्डसगैं ग्लोबल

काठमाडौँ- आर्थिक वर्ष २०८१/८२ सकिन केही दिन मात्र बाँकी रहँदा विकास बजेटको आधाभन्दा बढी रकम खर्च हुन सकेको छैन। सार्वजनिक पूर्वाधार