"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जीवन स्मृति प्रतिष्ठानद्धारा ५ स्रष्टालाई सम्मान

प्रकाशित मिति :  ८ असार २०८२, आईतवार ०८:११


काठमाडौँ – जीवन स्मृति प्रतिष्ठान दमकले युवराज नयाँघरेसहित ५ स्रष्टालाई सम्मान गरेको छ।

यसअनुसार लीला उदासीलाई जीवन स्मृति पुरस्कार २०७८, निबन्धकार युवराज नयाँघरेलाई जीवन स्मृति पुरस्कार २०७९, कलाकार बिक्रमश्रीलाई जीवन स्मृति पुरस्कार २०८० तथा कथाकार रीता ताम्राकारलाई जीवन स्मृति पुरस्कार २०८१ बाट सम्मानित गरियो । उनीहरुलाई प्रतिष्ठानले नगद र ताम्रपत्रसहित सम्मान गरेको हो ।

जीवन स्मृति युवा प्रोत्साहन पुरस्कार २०८१ बाट सर्जक चोमु शेर्पा खुशी नगदसहित ताम्रपत्रद्वारा सम्मानित भएका छन् । दमक बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा दमक नगर पालिका नगर प्रमुख रामकुमार थापाले सम्मानित स्रष्टाहरुलाई सम्मान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्।राष्ट्रिय एवम् विशेष चलचित्र पुरस्कार

काठमाडौँ — नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

काठमाडौँ – पाँच दशक अघिदेखि संगीतको क्षेत्रमा सक्रिय रहेका वरिष्ठ गायक दीप श्रेष्ठलाई ‘नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान दीर्घसाधना सम्मान’

काठमाडौँ- लेखक धर्मेन्द्र नेम्बाङले एकसाथ चार कृति बजारमा ल्याएका छन्। जसमा ‘कृष्णविक्रम नेम्बाङले हिँडेको क्रान्तिको बाटो’, ‘पितापुर्खाको कथा’, ‘कांग्रेस पार्टीको रूपान्तरण