"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

टी–२० आई सिरिज : स्कटल्याण्डसँग नेपाल पराजित

प्रकाशित मिति :  20 June, 2025 11:09 pm


काठमाडौँ- टी–२० आई सिरिजको अन्तिम खेलमा आज स्कटल्याण्डसँग नेपाल पराजित भएको छ । शुक्रबार राति भएको खेलमा स्कटल्याण्डसँग नेपाल ३४ रनले पराजित भएको हो ।

जितका लागि नेपाललाई स्कटल्याण्डले ५ विकेटको क्षतिमा १९४ रनको लक्ष्य दिएको थियो । नेपाल १५९ रनमा अलआउट भयो ।सिरिजमा स्कटल्यान्ड र नेदरल्यान्ड्सले पनि समान चार चार अंक जोडे । रनरेटमा भने स्कटल्यान्ड पहिलो, नेपाल दोस्रो र नेदरल्यान्ड्स तेस्रो भए ।

जारी सिरिजमा नेपालले हालसम्म दुई खेल जितेको छ भने स्कटल्याण्ड एउटा खेलमा मात्र विजयी भएको छ । नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।

नेपालले दोस्रो खेलमा स्कटल्याण्ड्सलाई दुई विकेटले हराएको थियो । बिहीबार सम्पन्न तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गरेको थियो । 

यसैगरी स्कटल्याण्डले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ३९ रनले पराजित गरेको थियो । दोस्रो खेलमा स्कटल्याण्ड नेपालसँग दुई विकेटले पराजित भएको थियो । तेस्रो खेलमा स्कटल्याण्डलाई नेदरल्याण्ड्सले १७ रनले हराएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनको विजेता बनेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा

काठमाडौं – लुम्बिनी लायन्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा सुदूरपश्चिम रोयल्ससँग भेट पक्का गरेको छ। दोस्रो

काठमाडौँ — लुम्बिनी लायन्सले सानदार बलिङ गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गरेको छ

काठमाडौँ — सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो सिजन नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल्ने भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट