"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

त्रिकोणात्मक टि २० शृंखला : नेपालद्वारा स्कटल्यान्ड २ विकेटले पराजित

प्रकाशित मिति :  ४ असार २०८२, बुधबार ०८:३७


काठमाडौँ – त्रिकोणात्मक शृंखलामा नेपालले स्कटल्यान्डसँग दुई विकेटको संघर्षपूर्ण जित निकालेको छ। स्कटल्यान्डले दिएको ९८ रनको सामान्य लक्ष्य नेपालले १ बल अगावै ८ विकेटको क्षतिमा भेट्टायो ।

स्कटल्यान्डले भने आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो। नेपालका लागि ओपनर कुशल भुर्तेलले बनाएको ३० रन सर्वाधिक रह्यो। उनले ३५ बलमा ४ चौका सहयोगमा ३० रन बनाए।

करण केसी ३ र सन्दीप लामिछाने १ रनमा नटआउट रहे। २१ बलमा १४ रन बनाएका दिपेन्द्र सिंह ऐरी क्याच आउट हुन पुगे। १४ बलमा १३ रन बनाएका बसिर अहमद माइकल लिस्कको बलमा कट बोल्ड हुन पुगे। किरण ठगुन्ना ११ रनमा आउट भए।

लोकेश बम ९ रनमा पेभेलियन फर्के। कप्तान रोहित पौडेलले सात र अनिल शाहले ३ रन थपे। रुपेश सिंहले ६ रन बनाए। त्यसअघि स्कटल्यान्डको टिटवुडको ग्लासगोमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोली २ बल अगावै ९७ रनमा समेटियो।

पावर प्लेमा नै ५ विकेट लिदै स्कटल्यान्डको ब्याटिङ लाइनलाई नेपालले पूर्ण रुपमा दबाबमा राखेको थियो। सन्दीप लामिछानेले चार विकेट लिए। सन्दीपले एक १ मेडन राख्दै ११ रन दिएर चार विकेट लिए।

करण केसी र दिपेन्द्र सिंह ऐरिले समान २ विकेट झारे। ललित राजवंशीले एक विकेट आफ्नो नाममा गरे। माइकल लिस्कले बनाएको ४६ रन नै स्कटल्यान्डका लागि सर्वाधिक रह्यो। उनले ४६ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

कप्तान म्याथु क्रोस १५ रन बनाउँदा सन्दीपको बलमा बोल्ड आउट भए। ब्राण्डोन म्याक मुलेन १० रन बनाउँदा ललित राजवंशीको बलमा क्याच आउट हुन पुगे। स्कटल्यान्डका आठ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- टी २० विश्वकप एसिया छनोटका लागि ३२ क्रिकेटरलाई प्रशिक्षणमा बोलाइएको छ।नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार आदिल सहित ३२ क्रिकेटरलाई

काठमाडौँ — काठमान्डु गोर्खाजले आउँदो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि मोन्टी देसाईलाई आफ्नो प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ ।

काठमाडौँ- उज्बेकिस्तानसँग पेनाल्टी सुटमा हार व्यहोर्दा नेपाली महिला टोलीको एएफसी एसियन कप पुग्ने सपना चकनाचुर भएको छ। झन्डै ३ दशकपछि एसियन

काठमाडौँ- एएफसी महिला एसियन कप छनोटमा आइतबार नेपालले लाओसलाई ९–० ले पराजित गरेको छ। कप्तानी सम्हालेकी सावित्रा भण्डारी ‘साम्बा’ले एक्लैले चार