"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भिजिट भिसा प्रकरणमा अध्यागमनका बेथितिको छानबिन गर्न महत्त्वपूर्ण : अध्यक्ष दाहाल

प्रकाशित मिति :  12 June, 2025 9:48 pm


काठमाडौँ – प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा महत्त्वपूर्ण नभएको बताएका छन् । प्रतिनिधिसभामा जेठ १३ देखि निरन्तर अवरोध गर्दै आएको प्रतिपक्षले भिजिट भिसा प्रकरण र अध्यागमनको बेथितिको अध्ययन र छानबिन महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।

प्रतिनिधिसभाको अवरोध हटाउने सम्बन्धमा बिहीबार दिनभर सत्ता र प्रतिपक्षी दलहरूसँग छलफल गरेपछि दाहालले अध्यागमनका बेथितिको छानबिन गर्ने विषय विपक्षी दलहरूका लागि महत्त्वपूर्ण रहेको बताएका हुन् । ‘प्रतिपक्षमा राजनीतिक ढंगले पनि हेर्नुपर्छ र यो भिजिट भिसा प्रकरण र अध्यागमनमा भएका बेथितिको बारेमा गम्भीर अध्ययन, छानबिन गर्ने कुरा मुख्य हो र गृहमन्त्रीको राजीनामा मुख्य होइन भन्नेमा हामी पुग्यौं,’ दाहालले भने ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको अध्ययन र छानबिन गर्नका लागि सरकार तयार रहनुपर्ने दाहालको भनाइ थियो । त्यसका लागि सत्ता र प्रतिपक्षबीच लिखित समझदारीको तयारी भइरहेको पनि उनले जानकारी दिए । ‘केही लिखित समझदारी गर्ने अध्ययन र छानबिनको बारेमा भन्ने भएको छ । अब लिखित सहमति गर्ने ड्राफ्ट तयार गर्ने ठाउँतिर गयौं,’ उनले भने, ‘आज मैले प्रतिपक्षसँग छलफल गरिसके‍पछि सत्तापक्षको साथीहरूसँग छानबिन गर्ने प्रतिबद्धता नभईकन प्रतिपक्ष तयार हुने स्थिति छैन भनेको छु ।’

जनमत र संसद्मा उठेको विषयको गम्भीरतालाई हेरेर छानबिन अनिवार्य रहेको दाहालले बताए । ‘एउटा गृहमन्त्रीको कुरा मात्रै होइन । यो विगतदेखि नै अध्यागमनको समस्या अलिक विकराल नै देखिएको छ । यो समस्यालाई सत्तापक्ष र प्रतिपक्षी सबैले गम्भीरताका साथ लिनुपर्‍यो भन्ने कुरामा हामी सबैले कुरा गरेपछि सत्तापक्षको तर्फबाट अध्ययन र छानबिन गर्ने प्रतिबद्धता तथा संरचना बनाएर ठोस रुपमा पहल लिने भन्ने प्रतिबद्धता आएपछि प्रतिपक्षको बीचमा अत्यन्त सकारात्मक वातावरण बनेको छ,’ उनले भने ।

रास्वपाले उक्त प्रस्तावमा छलफलका लागि समय माग गरेपछि प्रतिनिधिसभाको बिहीबारको बैठक चल्न सकेन । रास्वपाले सत्तापक्षसँग पनि छलफलका लागि समय माग गरेकाले शुक्रबार मात्रै समझदारी बन्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन