"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना

प्रकाशित मिति :  ३० जेष्ठ २०८२, बिहीबार १६:०२


काठमाडौँ – भारतको अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान दुर्घटनामा परेको छ । प्रारम्भिक सूचना अनुसार टेक अफ गरेपछि विमान दुर्घटनामा परेको हो । सरदार बल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको हो ।

जहाजमा क्याबिन क्रुसहित २४२ जना सवार रहेको एयर इन्डियाले एक्समार्फत जानकारी दिएको छ । जसमध्ये २ जना पाइलट, १० जना क्याबिन क्रु सदस्य र २३० यात्रु रहेका थिए । जसमध्ये १६९ जना भारतीय यात्रु रहेका छन् । त्यस्तै बेलायतका ५३ जना, पोर्चुगलका ७ जना र क्यानडाका १ यात्रु रहेको एयर इन्डियाले जनाएको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार उक्त जहाज क्याप्टेन सुमीत सभरवाल र फर्स्ट अफिसर क्लाइभ कुन्दरले उडाइरहेका थिए । क्याप्टेन सभ्रवालसँग ८ हजार २ सय घण्टा र कोपाइलट कुन्दरसँग १ हजार १ सय घण्टाको अनुभव रहेको भारतको नागर विमानन महानिर्देशनालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अहमदाबाद विमानस्थलको रनवे-२३ बाट भारतीय समयअनुसार दिउँसो १:३८ मा उडेको ५ मिनेटभित्रै जहाज दुर्घटनाग्रस्त भएको हो । अहमदाबाद प्रहरीका आयुक्त जीएस मलिकका अनुसार उक्त जहाज विमानस्थलनजिकै रहेको मेघाणीनगरमा दुर्घटनामा परेको हो ।

उक्त जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – अमेरिकाले इरानका तीन प्रमुख परमाणु केन्द्रहरूमा आक्रमण गरेको छ। अमेरिकाले इरानका तीन प्रमुख परमाणु केन्द्रहरू फोर्दो, नताञ्ज र इस्फहानमा

रासस/ एएफपी (सियोल) – दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपति ली जे–म्युङले आणविक शक्ति सम्पन्न उत्तर कोरियासँग सम्पर्क गरेर ‘घाउ निको पार्ने’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जालमा घोषणा गरेजस्तै युद्धविरामका लागि सहमति भएको भारत र

काठमाडौं – ब्राजिलका पूर्वराष्ट्रपति फर्नान्डो कोलर डी मेलो पक्राउ परेका छन्। भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अभियोगमा सर्वोच्च अदालतले झण्डै ९