"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आमाको नामबाट नागरिकता दिने व्यवस्था रहेको विधेयक संसदीय समितिबाट पारित

प्रकाशित मिति :  10 June, 2025 8:45 pm


काठमाडौँ – राज्य व्यवस्था तथा सुशासन समितिले आमाको नामबाट नागरिकता दिने व्यवस्था गरिएको विधेयक पारित गरेको छ । सरकारले ल्याएको नागरिकता विधेयक राज्यव्यवस्था तथा  सुशासन समितिबाट पारित भएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए । 

राज्य व्यवस्था समितिको मंगलबारको बैठकले नेपाल नागरिकता ऐन-२०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरिएको हो । समिति सभापति खतिवडाका अनुसार विधेयकमा आमा वा बाबुको नामबाट नागरिकता प्राप्त हुने व्यवस्था छन् । पहिले नागरिकता लिनका लागि आमा र बाबु अनिवार्य हुन्थ्यो ।

आमाको नामबाट नागरिकता लिँदा स्वघोषणा भने गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसरी गरिएको स्वघोषणा गलत ठहरिएमा १ वर्षसम्म कैद र जरिवानाको व्यवस्था पनि राखिएको छ । आमाको नामबाट नागरिकता प्राप्त गर्ने कानुन नहुँदा नागरिकताविहीनको संख्या ठूलो रहेको भन्दै सरकारले यो विधेयक ल्याएको थियो ।

त्यस्तै, नागरिकता कार्यालय प्रमुखको भूमिकामा रहेका नायब सुब्बाले पनि दिने व्यवस्था विधेयकमा राखिएको छ । समिति सचिव सुरज दुराका अनुसार यो विधेयक पारित भएर ऐनका रूपमा कार्यान्वयनमा आएपछि कार्यालय प्रमुखको रूपमा काम गरिरहेका नायब सुब्बाले पनि नागरिकता दिन पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन