"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रोयल च्यालेन्जर्स बैंग्लोरलाई आईपीएल उपाधि

प्रकाशित मिति :  4 June, 2025 9:33 am


काठमाडौँ – पन्जाब किग्संलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि उचालेको छ। मंगलबार राति सम्पन्न आईपीएलको १८ औँ संस्करणले आठौँ नयाँ च्याम्पियन पाएको हो। आरसीबी यसपालि पञ्जाबलाई ६ रनले हराउँदै च्याम्पियन बनेको हो।

आरसीबीले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८४ रन मात्र बनाउन सक्यो।पञ्जाबका जस इंग्लिसले बनाएको ३९ रन नै टोलीका लागि सर्वाधिक रह्यो। उनले २३ बलमा १ चौका र ४ छक्का प्रहार गर्दा क्रुनाल पाण्ड्याको बलमा क्याच आउट हुन पुगे।

ओपनर प्रियांश आर्याले २४ र प्रविसिमरन सिंहले २६ रन थपे। पहिलो विकेटका लागि आर्या र सिंहले ४.६ ओभरमा ४३ रनको साझेदारी गरेका थिए। नेहाल वाडेरा १५ रनमा क्याच आउट हुन पुगे। त्यसअघि अहमावादस्थित नरेन्द्र मोदी स्टेडियममा पञ्जाबले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बैग्लोरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ९० रनको योगफल तयार पारेको थियो।

बैग्लोरका लागि विराट कोहलीले सर्वाधिक ४३ रनको योगदान दिए। कोहलीले ३५ बलमा ३ चौका प्रहार गर्दा ४३ रन बनाउँदा अज्मतुल्लाह ओमारजाइको बलमा कट एण्ड बोल्ड हुन पुगे। कप्तान रजत पाटादारले १६ बलमा १ चौका र २ छक्का सहयोगमा २६ रन बनाउँदा केल जेमिसनको बलमा एलबीडब्लु धरापमा परे। मयंक अग्रवालले २४ र ओपनर फिल साल्टले १६ रन थपे। लियाम लिभिङस्टोनले २५ रन बनाउँदा केल जेमिसनको बलमा एलबीडब्लु धरापमा परे।

१० बलमा २ चौका र २ छक्का प्रहार गर्दै २४ रन बनाएका जितेश शर्मा विजय कुमारको बलमा बोल्ड आउट हुन पुगे। रोमारियो सेफर्ड १७ रन बनाउँदा अर्सदिप सिंहको बलमा एलबीडब्लु धरापमा परे। पञ्जाबका लागि काइल जेमिसन र अर्सदिन सिंहले समान ३ विकेट झारे। अज्मतुल्लाह ओमारजाइ, विजयकुमार र युजभेन्द्र चाहालले समान एक विकेट लिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनको विजेता बनेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा

काठमाडौं – लुम्बिनी लायन्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा सुदूरपश्चिम रोयल्ससँग भेट पक्का गरेको छ। दोस्रो

काठमाडौँ — लुम्बिनी लायन्सले सानदार बलिङ गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गरेको छ

काठमाडौँ — सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो सिजन नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल्ने भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट