"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्थानीय तहको निर्वाचन जेठ ४ गते एकै चरणमा

प्रकाशित मिति :  1 February, 2022 5:40 pm


messenger sharing button
whatsapp sharing button

काठमाडौं, १७ माघ। स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते गर्ने सहमति भएको छ। मंगलबार निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलमा आयोगले २०७९ जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न परामर्श दिएको थियो। आयोगले राखेको प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति जनाएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।

‘आज प्रधानमन्त्रीसँग हामीले स्थानीय तहको निर्वाचनको मितिबारे परामर्श गर्न भेटेका थियौँ। आयोगले निर्वाचनको मिति जेठ ४ गतेलाई प्रस्ताव गर्‍यो,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले जेठ ४ गतेको मितिमा सहमति जनाउनुभएको छ।’
छलफलमा प्रधानमन्त्री देउवाले आयोगलाई निर्वाचनको तयारी थाल्न निर्देशनसमेत दिएका छन्। ‘सरकारले मन्त्रिपरिषदबाट छिट्टै निर्वाचनको मिति घोषणा गर्छ, तपाईंहरूले निर्वाचनको तयारी थाल्नुस् भनेर प्रधानमन्त्रीले भन्नुभयो,’ थपलियाले भने। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुशीला कार्की नेतृत्वको सरकारमा चार जना मन्त्री थपिएका छन्। उनीहरू चारैजनाले शुक्रबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको

काठमाडौं – सरकारले भदौ २३ र २४ गते भएको घटना जाँचबुझ आयोगको कार्यादेश थप गर्ने निर्णय गरेको छ । सरकार

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले जनआन्दोलनको मान्यता दिने भएको छ । बुधबार साँझ

ललितपुर- प्रधानमन्त्री सुशीला कार्कीले पछिल्ला वर्षहरूमा भ्रष्टाचार अन्त्य चुनौतीका रूपमा देखा परेको बताएकी छन्। ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा मानवअधिकारको विश्वव्यापी